केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै ठगी गर्ने पक्राउ
सोमबार, १५ माघ २०८०, १२ : ४३

काठमाडौँ । केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ बुढानीलकण्ठ नगरपालिका भंगाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै १ जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राउतले विभिन्न राजनीतिक नेतृत्वसँगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वहरूसँग नजिकको सम्बन्ध रहेको भनी सर्वसाधारणलाई विभिन्न बहाना बनाइ ठगी गर्ने गरेको समेत खुल्न आएको छ । उनी उपर जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड