इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा ४ जनालाई मृत्युदण्ड
तेहरान । इरानले सोमबार ४ जनालाई मृत्यु दन्डको सजाय दिएको छ । इजरायलका लागि जासुसी गरेको आरोपमा उक्त सजाय दिइएको भन्दै समाचार एजेन्सी एएफपीले समाचार छापेको छ ।
यी चार जनालाई सन् २०२२ को जुलाईमा इशफहान प्रान्तमा रक्षा मन्त्रालयको केन्द्रमाथि हमला गर्ने षडयन्त्र गरेको आरोपमा पक्राउ गरिएको थियो ।
‘सोमबार बिहान मृत्यु दन्डको सजाय पाउने चार जना जायनिष्ट (इजरायल)को जासुस संगठनसँग आबद्ध थिए । यिनीहरूलाई इशफहानमा आक्रमणको षडयन्त्र गरेको आरोपमा पक्राउ गरिएको थियो,’ इरानी समाचार एजेन्सी मिजानलाई उद्धृत गर्दै एएफपीले लेखेको छ । यिनीहरुलाई जासुस संगठन मोसादले अभियानको एक डेढ वर्ष अघि भर्ती गरेको बताइएको छ ।
यिनीहरूलाई सैन्य प्रशिक्षण दिन अफ्रिकी देशहरुमा पठाइएको मिजानले बताएको छ । अरोपीहरूलाई सन् २०२३ को सेप्टेम्बरमा मृत्युदण्डको सजाय सुनाइएको थियो । यो अपरेशनको उद्देश्य आफ्नो ब्यालिष्टिक मिसाइल इन्डष्ट्रीले पूरै ध्वस्त बनाउनु भएको इरानको भनाई थियो । इरान र इजरायल लामो समयदेखि एक अर्काका कट्टर विरोधी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण