बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा ४ जनालाई मृत्युदण्ड

सोमबार, १५ माघ २०८०, १५ : ४४
सोमबार, १५ माघ २०८०

तेहरान । इरानले सोमबार ४ जनालाई मृत्यु दन्डको सजाय दिएको छ । इजरायलका लागि जासुसी गरेको आरोपमा उक्त सजाय दिइएको भन्दै समाचार एजेन्सी एएफपीले समाचार छापेको छ । 

यी चार जनालाई सन् २०२२ को जुलाईमा इशफहान प्रान्तमा रक्षा मन्त्रालयको केन्द्रमाथि हमला गर्ने षडयन्त्र गरेको आरोपमा पक्राउ गरिएको थियो ।

‘सोमबार बिहान मृत्यु दन्डको सजाय पाउने चार जना जायनिष्ट (इजरायल)को जासुस संगठनसँग आबद्ध थिए । यिनीहरूलाई इशफहानमा आक्रमणको षडयन्त्र गरेको आरोपमा पक्राउ गरिएको थियो,’ इरानी समाचार एजेन्सी मिजानलाई उद्धृत गर्दै एएफपीले लेखेको छ । यिनीहरुलाई जासुस संगठन मोसादले अभियानको एक डेढ वर्ष अघि भर्ती गरेको बताइएको छ ।

यिनीहरूलाई सैन्य प्रशिक्षण दिन अफ्रिकी देशहरुमा पठाइएको मिजानले बताएको छ । अरोपीहरूलाई सन् २०२३ को सेप्टेम्बरमा मृत्युदण्डको सजाय सुनाइएको थियो । यो अपरेशनको उद्देश्य आफ्नो ब्यालिष्टिक मिसाइल इन्डष्ट्रीले पूरै ध्वस्त बनाउनु भएको इरानको भनाई थियो । इरान र इजरायल लामो समयदेखि एक अर्काका कट्टर विरोधी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप