भारत भ्रमणमा जाँदै सांसद
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका सांसदहरु भारत भ्रमणमा जाने भएका छन् । भारतको निमन्त्रणमा समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरु आज त्यसतर्फ जान लागेका हुन् ।
एक हप्ताको भ्रमणमा उनीहरुले भारतीय विदेशमन्त्री एस.जयशंकरदेखि पर्यटन मन्त्री जी.किशन रेडीसँग भेटघाट गर्नुका साथै लोक सभाका अध्यक्ष ओम विरला र राज्यसभाका अध्यक्षसँग पनि छलफल गर्ने बताइएको छ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहेका समितिका सभापति राजकिशोर यादवले भेटमा दुई देश बिचको सम्बन्धका विषयमा छलफल हुनुका साथै पर्यटकीय क्षेत्र घुमघाम गर्ने बताए ।
भारतीय विदेशमन्त्री जयशंकरसँग भेटघाट गर्ने कार्यक्रम तय भएको बताउँदै उनले पर्यटन मन्त्रीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बताए । भ्रमण टोलीमा ६ सांसदसहित ११ जना रहने बताइएको छ । उनीहरु ६ जनवरीमा स्वदेश फर्किने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण