भारत भ्रमणमा जाँदै सांसद

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका सांसदहरु भारत भ्रमणमा जाने भएका छन् । भारतको निमन्त्रणमा समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरु आज त्यसतर्फ जान लागेका हुन् ।
एक हप्ताको भ्रमणमा उनीहरुले भारतीय विदेशमन्त्री एस.जयशंकरदेखि पर्यटन मन्त्री जी.किशन रेडीसँग भेटघाट गर्नुका साथै लोक सभाका अध्यक्ष ओम विरला र राज्यसभाका अध्यक्षसँग पनि छलफल गर्ने बताइएको छ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहेका समितिका सभापति राजकिशोर यादवले भेटमा दुई देश बिचको सम्बन्धका विषयमा छलफल हुनुका साथै पर्यटकीय क्षेत्र घुमघाम गर्ने बताए ।
भारतीय विदेशमन्त्री जयशंकरसँग भेटघाट गर्ने कार्यक्रम तय भएको बताउँदै उनले पर्यटन मन्त्रीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बताए । भ्रमण टोलीमा ६ सांसदसहित ११ जना रहने बताइएको छ । उनीहरु ६ जनवरीमा स्वदेश फर्किने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो