सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एसएस राजामौलीको १००० करोडको फिल्ममा महेश बाबुले फिस नलिने

मङ्गलबार, १६ माघ २०८०, १३ : ०२
मङ्गलबार, १६ माघ २०८०

नयाँ दिल्ली । महेश बाबु हालैका दिनमा त्रिविक्रम श्रीनिवासले लेखेको अनि निर्देशन गर्न लागेको पारिवारिक एक्शन फिल्म ‘गुंटूर करम’का कारण चर्चामा थिए । अब उनी बाहुबली र आरआरआरका निर्देशक एसएस राजामौलीसँग काम गर्ने तयारीमा छन् । फिल्मको शीर्षक अहिलेसम्म तय भइसकेको छैन । अहिले यसलाई एसएसएमबी २९ भनिएको छ ।

सञ्चार माध्यमहरुमा छापिएका खबरलाई पत्याउने हो भने एसएसएमबी २९ को बजेट १००० करोड भारु रहनेछ । राजामौली महँगा बजेटका फिल्म बनाउने निर्देशक हुन् । यो फिल्म भारतको अहिलेसम्मकै महँगो फिल्म हुने बताइएको छ । एसएसएमबी २९ को अहिले चर्चामा रहनुको कारण महेश बाबुको पारिश्रमिक हो ।

यो फिल्म खेलेर महेशले पारिश्रमिक भनेर एक पैसा लिने छैनन् । टलिवूडमा सबैभन्दा धेरै फिस लिने अभिनेता हुन् महेश । फिल्मको शूटिङ नसकिदासम्म वा फिल्म रिलिज नहुँदासम्म फिल्मको पारिश्रमिक माफ गरेको खबर आइरहेका छन् । यो फिल्मका लागि महेशले कुनै पारिश्रमिक नपाएको एक्समा एक युजरले उल्लेख गरेका थिए ।

महेश बाबु आफ्नो शारीरिक छविलाई निकै महत्त्व दिने अभिनेतामा पर्दछन् । यो फिल्मका लागि महेशले जर्मन डाक्टरको मार्ग निर्देशनमा विशेष चिकित्सामा आधारित शारीरिक कसरत गरिरहेका छन् । राजामौली र उनका पिता लेखक विजेन्द्र प्रसादले कल्पना गरेका फिल्मको पात्रमा आफूलाई ढाल्न उनले अनेकौं प्रशिक्षण पनि लिइरहेका छन् ।

महेशबाबुले राजामौलीसँग ३ वर्षसम्म काम गर्नेवाला छन् । राजामौलीले यो फिल्मलाई महाकाव्य बनाउन चाहेका छन् । पछिल्लो खबरका अनुसार उनले महेशलाई आफ्नो पार्टनर बनाउन चाहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप