लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
यूपी । भारतको उत्तर प्रदेशस्थित लखनउको अलीगञ्ज क्षेत्रको पुरनियास्थित एक कोचिङ सेन्टरमा सोमबार भीषण आगलागी हुँदा कम्तीमा १४ जना बालबालिकाको दुःखद मृत्यु भएको छ ।
आगलागीपछि भवनभित्र धुवाँ भरिएसँगै विद्यार्थीहरूबीच भागदौड मच्चिएको थियो ।
ज्यान जोगाउन केही विद्यार्थीले भवनको माथिल्लो तलाबाट हाम फालेका कारण उनीहरू घाइते भएका छन् । घटनास्थलमा प्रहरी, प्रशासन तथा दमकलका टोलीहरू निरन्तर उद्धार कार्यमा खटिएका छन् ।
उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठक घटनास्थलमा पुगेका छन् । उद्धारका क्रममा छिमेकी घरको छतबाट कोचिङ सेन्टरको पर्खाल काटेर भित्र फसेकाहरूलाई निकाल्ने प्रयास गरिएको छ । हालसम्म १० जनालाई उद्धार गरी ट्रमा सेन्टर पठाइएको बताइएको छ ।घटनास्थलमा पुगेका उपमुख्यमन्त्री पाठक भावुक हुँदै आफूले १४ वटा शव आफ्नै आँखाले देखेको बताएका छन् ।
यसैबीच, घटनाको जानकारी पाएपछि योगी आदित्यनाथ अलीगढको कार्यक्रम बीचमै छोडेर लखनउ फर्किएका छन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् । साथै, घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने बताएका छन् ।
स्थानीय बासिन्दाका अनुसार भवनबाट अचानक धुवाँ निस्कन थालेपछि उनीहरूले तुरुन्तै दमकल र प्रहरीलाई खबर गरेका थिए । केही समयमै आगले विकराल रूप लिएको थियो । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे थप आधिकारिक विवरण आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण