आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलायो
काठमाडौँ । बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे बयान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बोलाएको छ । मन्त्री ज्वालालाई आयोगमा उपस्थित हुन पत्राचार गरिएको आयोगका एक जना सदस्यले रातोपाटीलाई बताए । उनले भने– ‘मन्त्रिपरिषद्मा जानकारी गराएर उहाँलाई पत्र पठाएका छौँ ।’
मन्त्री ज्वालाले माघ १७ मा आयोगमा गएर आफ्ना कुरा राख्ने आयोगलाई जानकारी गराएका छन् । पुस १३ मा बालकुमारीमा प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतले ज्यान गुमाए ।
प्रदर्शनस्थलमा अकस्मात् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला उपस्थित भएपछि भिड थप आक्रोशित बनेको जानकारहरु बताउँछन् । मन्त्री ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए ।
प्रदर्शन स्थलमा मन्त्री र प्रदर्शनकारीको बिचमा भनाभन भएको भिडियो सार्वजनिक भएको छ । दृश्यमा प्रदर्शनकारीले मन्त्रीलाई पछाडिबाट धकेलेका छन् । त्यसपछि पैदल हिँड्दै उनी कान्तिपुर गार्डेनस्थित नेकपा (समाजवादी) पार्टीको बैठक स्थलमा प्रवेश गरे, दिनभर निस्केनन् ।
जाँचबुझ आयोगले अहिलेसम्म ३१ जनाको बयान लिएको छ । ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी वरिष्ठ उपरिक्षक सिद्धिविक्रम शाहसहित ३१ जनासँग बयान लिएको आयोगका अध्यक्ष (पूर्व न्यायाधीश) शेखर पौडेलले रातोपाटीलाई बताए ।
घटनास्थलमा प्रहरीले सेल्फ लोडिङ्ग राइफल (एसएलआर)बाट ३० राउन्ड गोली चलाएको छ । घटनास्थलमा २१ राउन्ड रबर बुलेट प्रहार गरिएको छ । त्यस्तै अश्रुग्याँस ११४ राउन्ड प्रहार गरेको छानबिनबाट थाहा भएको छ । ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आफूले गोली चलाउने आदेश नदिएको आयोगमा बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण