सम्पत्ति शुद्धीकरण मामिलामा फस्दैछिन् ज्याकलिन फर्नांडिस
नयाँ दिल्ली । सुकेश चन्द्रशेखरले कालो धनलाई सेतो बनाएको मामिलामा अभिनेत्री ज्याकलिन फर्नांडिस झन्झन् फस्ने देखिएकी छन् । कानुन पालना गराउने भारतीय निकाय प्रवर्तन निदेशालय (ईडी)ले दाबी गरेअनुसार सुरेशको ठगी धन्दामा ज्याकलिन पनि संलग्न थिइन् ।
सुकेशले गरेका अपराधको जानकारी अभिनेत्रीलाई पनि भएको र त्यसरी कमाएको पैसा चलाएर उनले सबूत प्रमाण मेटाउने काम गरेको ईडीको भनाई छ ।
ईडीले दिल्ली उच्च अदालतसमक्ष २०० करोड भारु बराबरको सम्पत्ति शुद्धीकरण मामिला अभिनेत्री फर्नांडिसले जानीबुझीकन ठग सुकेशले आपराधिक गतिविधि गरेर कमाएको आय लिएको र सोको खर्चमा सामेल भएको दलिल पेस गरेको छ । ज्याकलिनको याचिकाको जवाफमा ईडीले यो तर्क गरेको हो । सुकेशसम्बद्ध सम्पत्ति शुद्धीकरण मामिलामा अभिनेत्रीले एक याचिका दायर गर्दै आफूविरुद्धको एफआईआर रद्द गर्न माग गरेकी थिइन् । यस मामिलामा दिल्ली उच्च अदालतले अप्रिल १५ मा सुनवाइ गर्दैछ ।
ज्याकलिनले सुकेशसँगको वित्तीय लेनदेनको सत्यता कहिले पनि सार्वजनिक गरेको र आफूहरुले सबुत नपाउँदासम्म तथ्यहरू लुकाएको दाबी ईडीको छ । यस मामिलामा ज्याकलिनले सुरु देखि नै आफूलाई निर्दोष बताउँदै आएकी थिइन् । तर छानबिनका क्रममा उनले सुकेशले आफूलाई उत्पीडन गरेको कुनै प्रमाण पेस गर्न नसकेको ईडीको दाबी छ । सुकेशको पत्नी छ भन्ने थाहा पाउँदा पाउँदै पनि ज्याकलिनले सुकेशसँग सम्बन्ध राखेको पनि ईडीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण