झापामा गजल मुशायरा र प्रशिक्षण हुने
झापा । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गजल प्रतिष्ठानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली गजल मन्च, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्ससमेतको सहकार्यमा सांगीतिक गजल मुशायरा हुने भएको हो ।
यही माघ २७ गते बिर्तामोडस्थित इन्द्रेणी व्यांक्वेटको हलमा हुन लागेको गजल मुशायरामा राष्ट्रिय स्तरका डेढ दर्जन गजलसाधकहरूको विशेष प्रस्तुति रहने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए । सोही दिन बिहान १० बजेदेखि गजल लेखनसम्बन्धी प्रशिक्षणमूलक कार्यशालाको समेत आयोजना गरिएको आयोजक संस्था वीरता रिडर्सका सहसंयोजक केशव मैनालीले बताए ।
उनका अनुसार सो प्रशिक्षणका लागि अन्तर्राष्ट्रिय नेपाली गजल मन्चका अध्यक्ष घनेन्द्र ओझाले प्रशिक्षण प्रदान गर्नेछन् । नेपाल गजल प्रतिष्ठानले यसअघि पनि यस प्रकारका कार्यक्रम गर्दै आएको थियो । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठकाअनुसार झापामा आयोजना गरिएको गजल मुशायरा निःशुल्क हुनेछ ।
यसअघि काठमाडौंमा एउटा सांगीतिक, अरु तीनवटा तहत र तरुन्नम गजल मुशायरा राष्ट्रिय नाचघरमा आयोजना गरिएको तर उपत्यकाबाहिर यो पहिलो पटक गर्न लागिएको हो । यस कार्यक्रमका लागि बिर्तामोड पुस्तकालय र साहित्य पत्रकार मन्चको सहयोग रहने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण