बारामा एक विद्यार्थीको मृत्यु
बुधबार, १७ माघ २०८०, १५ : ०५

वीरगन्ज । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मूल गेटमा रहेको पोलको रडमा छेडिएर एक जना विद्यार्थीको मृत्यु भएको छ ।
विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर जीतपुरसिमरा उपमहानगरपालिका २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट बिहान पढ्न जाने बेलामा मृतक गोले दौडेर पोलमा राखिएको छडमा छेडिएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
प्रहरीका अनुसार लक्की जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर