बारामा एक विद्यार्थीको मृत्यु
बुधबार, १७ माघ २०८०, १५ : ०५
वीरगन्ज । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मूल गेटमा रहेको पोलको रडमा छेडिएर एक जना विद्यार्थीको मृत्यु भएको छ ।
विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर जीतपुरसिमरा उपमहानगरपालिका २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट बिहान पढ्न जाने बेलामा मृतक गोले दौडेर पोलमा राखिएको छडमा छेडिएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
प्रहरीका अनुसार लक्की जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण