प्रधानमन्त्री कप क्रिकेट : अपराजित पुलिसलाई हराउन सुदूरपश्चिमले १९९ रन बनाउनुपर्ने
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ । जारी प्रतियोगितामा हालसम्म एक खेल पनि नहारेको पुलिस क्लब यसअघि नै फाइनलमा पुगिसकेको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको पुलिस क्लबले ४७.५ ओभरमा अलआउट हुनुअघि एक सय ९८ रन बनाएको हो । खराब मौसमका कारण निर्धारित समयभन्दा केही ढिलो सुरु भएकाले खेल ४९–४९ ओभरमा झारिएको थियो ।
दुबै ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमाएको पुलिस क्लबका लागि शंकर राणाले ४६ रनको योगदान गरे । उनले ५२ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काए । कप्तान दीपेन्द्रसिंह ऐरीले पनि टोलीका लागि ४४ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका दीपेन्द्रले ३८ बलको सामना गरी एकछक्का र पाँच चौका हिर्काएका थिए । अर्जुन साउदले पनि टोलीको खातामा ३२ रन थपे । उनले लामो समय क्रिजमा टिकेर ६४ बलको सामना गरी चार चौका हिर्काए ।
आरिफ शेखले २६ रन बनाए । उनले ३५ बलमा तीन चौका हिर्काए । पुलिस क्लबका ओपनर ब्याट्सम्यान दिलिप नाथ ६ र कुशल भुर्तेल पाँच रन बनाउँदै आउट भएका थिए । रासिद खान पनि सात रन बनाउँदै पेभेलियन फर्किए । करण केसी चार रनमा आउट भए ।
ललित राजवंशीले एक रन बनाए । सागर ढकालले आठ रनमा अविजित रहे । ललित भण्डारीले सात रन जोडे । पुलिस क्लबले अतिरिक्त रुपमा १२ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले तीन विकेट लिए । मिलन बोहरा, विकास अग्री र नारायण जोशीले दुई–दुई विकेट लिए । दीपक चन्दले पनि एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण