बन्धकहरूलाई रिहा गर्न सहमत छैन हमास
काठमाडौँ । इजरायल–हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाइका लागि हमासले सहमति जनाएको छैन । बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ । वार्तामा कतार, इजिप्ट र अमेरिका समेत संलग्न छन् ।
हालै वार्तामा संलग्न कतारले हमासले बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको घोषणा गरेको थियो । तर लेबनानी मिडिया हाउसले भने हमासले अहिलेसम्म सम्झौताको विषयमा कुनै टिप्पणी नगरेको जनाएको छ ।
प्यालेस्टाइनी श्रोतलाई उदृत गरिएअनुसार हमासले अहिले कुनै सहमति दिएको छैन । इजरायली सञ्चारमाध्यमले पनि लेबनानी सञ्चारमाध्यमबाट यो खबर सार्वजनिक गरेका छन् ।
लेबनानी सञ्चारमाध्यमका अनुसार कतारको बयान हतारमा र गलत तरिकाले दिइएको थियो । हालसम्म हमासको नेतृत्वले सम्झौताबारे कुनै निर्णय गरेको छैन ।
लेबनानी मिडिया रिपोर्टहरूले दाबी गरेका छन् कि इजरायली मिडियाले जानाजानी सम्झौतालाई अन्तिम रूप दिने कुरा फैलाएको छ ताकि सरकारलाई दबाब दिइरहेका बन्धकहरूको परिवारलाई शान्त राख्न सकियोस् ।
तर त्यसबारे हमासले कुनै स्वीकार गरेको छैन । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले भर्खरै एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौतालाई इजरायलले अनुमोदन गरिसकेको बताएका छन् । हमासबाट समेत प्रारम्भिक सकारात्मक प्रतिक्रिया रहेको उनको दाबी थियो ।
हमासले भने इजरायलले समाचार चुहावट गरेको आरोप लगाएको छ । ‘सबै तयारी पूरा भएपछि हामी सम्झौताको जवाफ दिनेछौँ, तर अहिलेसम्म हामीले केही टुङ्ग्याउन सकेका छैनौँ न त कुनै सहमति नै भएको छ,’ हमासलाई उदृत गर्दै समाचार संस्थाहरूले भनेका छन् ।
यसअघि नोभेम्बरमा इजरायल र हमासबीच युद्ध बिराम हुँदा हमासले १०५ बन्धकलाई रिहा गरेको थियो । जसमा ८१ इजरायली, २३ थाई नागरिक र एक फिलिपिनो थिए । १३० जनाभन्दा बढी मानिसहरू अझै पनि हमासको कब्जामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण