नेसपाको केन्द्रीय कार्यकारिणी बैठक बस्दै
काठमाडौँ । प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न नेपाल समाजवादी पार्टी(नेसपा)को केन्द्रीय कार्यकारिणी बैठक बस्दै छ । केन्द्रीय कार्यालय तीनकुनेमा दिउँसा १२ बजे बस्ने महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । यस्तै पार्टी एकताको विषयमा समेत निर्णय हुने उनले बताए ।
‘मस्यौदा विधानमाथि छलफल गर्न बैठक बोलाइएको हो । आजको बैठकले माओवादीसँग पार्टी एकताको विषयमा समेत निर्णय हुन्छ’, उनले भने ।
यादवका अनुसार मस्यौदा अनुमोदनका लागि शनिबार केन्द्रीय समिति बैठक बोलाएको छ । यही मङ्सिरको पहिलो हप्ता बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्नका लागि अध्यक्ष बाबुराम भट्टराई नेतृत्वमा एकता समायोजन समिति बनाएको थियो । पार्टीको विधान बनाउन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदामाथि छलफल गरी आवश्यक परिमार्जन गरी पारित गर्ने यादवले बताए ।
नेसपाले आगामी बैशाखमा सम्मेलन गर्ने तयारी गरेको छ । तर एकता महाधिवेशन गर्ने कि राष्ट्रिय सम्मेलन गर्ने भन्ने विषयमा बाबुराम पक्षधर र महिन्द्र पक्षधरबिच विवाद देखिएको छ । बाबुराम पक्षधर पार्टीको महाधिवेशन गर्ने मुडमा देखिएका छन् । महिन्द्र पक्षधर एकता महाधिवेशन गर्ने मुडमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण