सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मृत भनिएकी पुनम पाण्डे जिउँदै

शुक्रबार, १९ माघ २०८०, १२ : ४७
शुक्रबार, १९ माघ २०८०

नयाँ दिल्ली । मृत भनिएकी पुनम पाण्डे जिउँदै छिन् । अभिनेत्रीले शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी हुन् । 

क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यो पब्लिसिटी स्टन्ट गरेको पुनमले बताइन् । अर्को भिडियो सेयर गर्दै पुनमले सबैसँग माफी पनि मागेकी छिन् ।

नयाँ दिल्ली । भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेको मृत्यु भएको छ । पुनमको म्यानेजरले यो खबरको पुष्टि गरेकी छिन् । ३२ वर्षीय पाण्डे सर्भिकल क्यान्सरबाट पीडित थिइन् ।

पूनम पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनले टिमले आधिकारिक बयान जारी गरेको छ । फेब्रुअरी १ को राति उनको मृत्यु भएको बताइएको छ । पाण्डेको अन्तिम संस्कारसम्बन्धी विवरणहरू आइसकेका छैनन् । पुनमले सन् २०१३ मा नशा  फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । पुनम भारतकी नाम चलेकी मोडल हुन् ।

सन् २०११ मा क्रिकेट विश्व कप फाइनल अघि भारतले फाइनल खेल जित्यो भने सारा कपडा उतारिदिन्छु भन्ने एउटा भिडियोका कारण उनी चर्चामा आएकी थिइन् । अन्तिम पटक पुनम बलिउड अभिनेत्री कंगना रनौतले होस्ट गरेको रियालिटी शो लक अपको पहिलो सिजनमा देखिएकी थिइन् । तर उक्त शो पुनमले जित्न सकिनन् । पाण्डेले आफ्नो अन्तिम भिडियो २९ जनवरीमा शेयर गरेकी थिइन् ।

यो समाचार अध्यवधिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप