मृत भनिएकी पुनम पाण्डे जिउँदै, जनचेतना फैलाउन स्टन्ट गरेको खुलासा
काठमाडौँ । मृत भनिएकी पुनम पाण्डे जिउँदै छिन् । अभिनेत्रीले शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी हुन् ।
क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यो पब्लिसिटी स्टन्ट गरेको पुनमले बताइन् । अर्को भिडियो सेयर गर्दै पुनमले सबैसँग माफी पनि मागेकी छिन् ।
पुनमले भोलि अर्थात आइतबार बिहान १० बजे लाइभ आएर यो जानकारी दिन चाहन्थिन् तर उनको निधनको खबरले मानिसहरु आक्रोशित र अन्योलमा परेको देखेर उनले आज नै भिडियो शेयर गर्ने निर्णय गरेकी हुन् । स्रोतका अनुसार अभिनेत्री हाल लोनावलामा छिन् ।
यस भिडियोमा पुनमले भनिन्, ‘म जिउँदै छु । पाठेघरको मुखको क्यान्सरले गर्दा म मरेको होइन । दुर्भाग्यवश, पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाहरूको बारेमा पनि म यसो भन्न सक्दिन। म यहाँ के भन्न चाहन्छु भने पाठेघरको मुखको क्यान्सर अरू क्यान्सरजस्तो होइन । यो रोक्न सकिन्छ। तपाईंले आफ्नो परीक्षण गर्नु र HPV खोप लिनु पर्छ। हामी यो सबै गर्न सक्छौँ ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस्।’
यसअघि शुक्रबार बिहान ३२ वर्षीया मोडल तथा अभिनेत्री पुनम पाण्डेको मृत्युको खबरले सिंगो उद्योगमा सनसनी फैलाएको थियो । पुनमको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको थियो । उनको टोलीले नै मृत्युको जानकारी दिए पनि ठोस जानकारी दिन सकेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण