ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालक नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेश २–०३–००१ ख ५१८६ नम्बरका कन्टेनर चालक धनकुटाका ३२ वर्षीय बल बहादुर कार्की, भे १ ख ३७ ३४ नम्बरका ट्रक चालक बर्दियाको बाँसगढी नगरपालिका ६ का ३० वर्षीय राजेन्द्र थारू, लु ३ च २६ ४७ नम्बरका पिकअप चालक नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका १२ का २३ वर्षीय पारस वि।क। ना ८ ख २३०७ नम्बरका बस चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १९ का ३५ वर्षीय दिपक थापा, बा ४ ख ५७६ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका ७ का ३२ वर्षीय कृष्ण परियार र बा३ख ४६६० नम्बरका हाइस चालक स्याङ्जाको वालिङ नगरपालिका ७ का ३६ वर्षीय लेख बहादुर गुरुङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले २५ वटा सवारी सवारी साधन चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका हुन् । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण