सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालक नियन्त्रणमा

शुक्रबार, १९ माघ २०८०, १९ : ५२
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । काठमाडौँको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश २–०३–००१ ख ५१८६ नम्बरका कन्टेनर चालक धनकुटाका ३२ वर्षीय बल बहादुर कार्की, भे १ ख ३७ ३४ नम्बरका ट्रक चालक बर्दियाको बाँसगढी नगरपालिका ६ का ३० वर्षीय राजेन्द्र थारू, लु ३ च २६ ४७ नम्बरका पिकअप चालक नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका १२ का २३ वर्षीय पारस वि।क। ना ८ ख २३०७ नम्बरका बस चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १९ का ३५ वर्षीय दिपक थापा, बा ४ ख ५७६ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका ७ का ३२ वर्षीय कृष्ण परियार र बा३ख ४६६० नम्बरका हाइस चालक स्याङ्जाको वालिङ नगरपालिका ७ का ३६ वर्षीय लेख बहादुर गुरुङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको  संयुक्त टोलीले २५ वटा सवारी सवारी साधन चेक गर्दा ‍लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका हुन् । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप