बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कवाडी व्यवसाय हटाउन महानगरको ३५ दिने सूचना

शुक्रबार, १९ माघ २०८०, २१ : ०१
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसाय हटाउन ३५ दिने सूचना जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले वडा नम्बर १५ मा रहेको कवाडी व्यवसाय हटाउन आग्रह गरेको हो । 

काठमाडौँ महानगर १५ का अध्यक्ष ईश्वर गाल डंगोलले जारी गरेको सूचनामा भनिएको छ,‘यस कामपा १५ वडा क्षेत्रमा संञ्चालनमा रहेका कवाडी व्यवसायको कारण वातावरण प्रदूषण, आगलागी तथा चोरीका घटनामा समेत वृद्धि भइरहेको भनी यस वडा कार्यालयमा टोलवासीहरूले गुनासो गर्दै आउनु भएको हुँदा यस वडाको क्षेत्र भित्र संञ्चालनमा रहेका कवाडी व्यवसायलाई यो सूचना प्राप्त भएको मितिले ३५ (पैँतिस) दिन भित्र आफ्नो व्यवसाय हटाई सहयोग गरिदिनु हुन जानकारीको लागी अनुरोध गरिन्छ ।’

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप