कवाडी व्यवसाय हटाउन महानगरको ३५ दिने सूचना
शुक्रबार, १९ माघ २०८०, २१ : ०१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसाय हटाउन ३५ दिने सूचना जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले वडा नम्बर १५ मा रहेको कवाडी व्यवसाय हटाउन आग्रह गरेको हो ।
काठमाडौँ महानगर १५ का अध्यक्ष ईश्वर गाल डंगोलले जारी गरेको सूचनामा भनिएको छ,‘यस कामपा १५ वडा क्षेत्रमा संञ्चालनमा रहेका कवाडी व्यवसायको कारण वातावरण प्रदूषण, आगलागी तथा चोरीका घटनामा समेत वृद्धि भइरहेको भनी यस वडा कार्यालयमा टोलवासीहरूले गुनासो गर्दै आउनु भएको हुँदा यस वडाको क्षेत्र भित्र संञ्चालनमा रहेका कवाडी व्यवसायलाई यो सूचना प्राप्त भएको मितिले ३५ (पैँतिस) दिन भित्र आफ्नो व्यवसाय हटाई सहयोग गरिदिनु हुन जानकारीको लागी अनुरोध गरिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
-
४८ औँ मिनेटमा किलियन एम्बाप्पेको गोल, गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिने
-
मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण