छोराछोरीलाई झ्यालबाट फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड

बेइजिङ । दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्डको सजाय दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।
झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद भयो। त्यसपछि उनले छोराछोरीको हत्या गर्ने षड्यन्त्र गर्न थालेको आरोप छ ।
चीनको सर्वोच्च अदालतले आफ्नो आदेशमा यस कार्यलाई 'बर्बर' भनेको छ। दुवैलाई बुधबार मृत्युदण्ड दिइएको हो । तर मृत्युदण्ड कसरी दिइयो भन्ने स्पष्ट छैन । चीनमा सामान्यतया विषको सुई लगाएर वा फायरिङ स्क्वाडको अगाडि गोली हानेर मृत्युदण्ड दिइन्छ।
अदालतको सुनुवाइका क्रममा झाङले आफ्नो विवाह र परिचय लुकाएर अफेयर सुरु गरेको खुलासा भएपनि थाहा पाएपछि पनि यीले उनलाई भेट्ने क्रम जारी राखे । झाङले सन् २०२० को फेब्रुअरीमा आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरे तर यी दुई छोराछोरीलाई विवाहको सबैभन्दा ठूलो बाधक मानेका थिए ।
यसका लागि यीले झाङलाई बच्चाहरूलाई मार्न दबाब दिएकी थिइन् । नोभेम्बर २, २०२० मा, झाङले आफ्ना दुवै बच्चाहरूलाई १५ औँ तलामा रहेको आफ्नो अपार्टमेन्टको झ्यालबाट फ्याँकिदिए ।
-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार