शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको खाजाघरमा जुवातास खेलिरहेका आठ जना पक्राउ

शनिबार, २० माघ २०८०, १८ : ३५
शनिबार, २० माघ २०८०

काठमाडौँ । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-३ पाँनधारास्थित सेभेन क्रस पोइन्ट खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ सिंगल ट्री बस्ने २६ वर्षीय रविन पुतुवार लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

 प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ३० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप