ललितपुरमा दुई जना मृत फेला
काठमाडौँ । ललितपुरमा दुई जना मृत फेला परेका छन् । ललितपुर महानगरपालिका-१४ साङपाङचोक डेरा गरी बस्ने रामेछाप गोकुलगंगा घर भएका ३४ वर्षीय संरिच सुनुवार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
यसै गरी ललितपुर, ललितपुर महानगरपालिका-२२ भैँसेपाटीस्थित पोखरीमा ललितपुर बुङमती बस्ने ५६ वर्षीय चिरी बाबु श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-३ वर्मास्थानस्थित नारायणी नदी किनारमा कावासोती नगरपालिका-१५ गुडार बस्ने ७८ वर्षीय गंगाराम महतो शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी पश्चिमको सरावल गाउँपालिका-२ मनरीस्थित बाटो छेउमा रामग्राम नगरपालिका-९ पिपरहिया बस्ने ३५ वर्षीय लाल बहादुर कहार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता धादिङको थाक्रे गाउँपालिका-२ सिम्लेस्थित पानीको कुलोमा सोही ठाउँ बस्ने ४० वर्षीय शिव कार्की शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण