ललितपुरमा दुई जना मृत फेला

काठमाडौँ । ललितपुरमा दुई जना मृत फेला परेका छन् । ललितपुर महानगरपालिका-१४ साङपाङचोक डेरा गरी बस्ने रामेछाप गोकुलगंगा घर भएका ३४ वर्षीय संरिच सुनुवार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
यसै गरी ललितपुर, ललितपुर महानगरपालिका-२२ भैँसेपाटीस्थित पोखरीमा ललितपुर बुङमती बस्ने ५६ वर्षीय चिरी बाबु श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-३ वर्मास्थानस्थित नारायणी नदी किनारमा कावासोती नगरपालिका-१५ गुडार बस्ने ७८ वर्षीय गंगाराम महतो शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी पश्चिमको सरावल गाउँपालिका-२ मनरीस्थित बाटो छेउमा रामग्राम नगरपालिका-९ पिपरहिया बस्ने ३५ वर्षीय लाल बहादुर कहार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता धादिङको थाक्रे गाउँपालिका-२ सिम्लेस्थित पानीको कुलोमा सोही ठाउँ बस्ने ४० वर्षीय शिव कार्की शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
-
राति १० बजेपछि होटल रेष्टुरेन्ट बन्द गराएको भन्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र
-
‘राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो’
-
कलाकारलाई प्रधानमन्त्रीकाे प्रश्न : दार्जलिङको रेलमा गीत बनाउनुहुन्छ, जनकपुरको किन नदेखेको ?
-
टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी