स्पेनिस ला लिगा फुटबल : बार्सिलोनासँग आल्भेज पराजित
आइतबार, २१ माघ २०८०, ०९ : ३२
काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । लिग तालिकामा तेस्रो स्थानमा रहेको बार्सिलोनाले १२ औँ स्थानमा रहेको आल्भेजलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, गुनडोगान र भिटोर रोकीले एक–एक गोल गरेका थिए भने आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काए । खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेँलो कार्ड पाएपछि खेलको ७२ औँ मिनेटमा मैदान छोडे । १० खेलाडीमा सीमित भएको बार्सिलोनाले त्यही कारण खेलमा कुनै क्षति भने बेहोर्नुपरेन ।
यो जितपछि बार्सिलोना २३ खेलबाट ५० अंकसहित लिगमा तेस्रो स्थानमा उक्लिएको छ । आल्भेजले भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण