संसद् बैठकको पूर्व सन्ध्यामा सभामुख घिमिरेले गरे संसद् भवनमा तयारी अवलोकन
आइतबार, २१ माघ २०८०, १४ : ५५
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदे अधिवेशन सुरु हुनु पूर्व संसद् भवनको अवलोकन गरेका छन् । आइतबार दिउँसो नयाँ बानेश्वरस्थित संसदमा भवनमा पुगेर उनले भौतिक तथा प्राविधिक व्यवस्थापनबारे अवलोकन गरेका हुन् ।
सभामुखसँगै सङ्घीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेय लगायतका संसद् सचिवालयका कर्मचारी संसद् भवन पुगेका छन् । संसद् सचिवालयका कर्मचारीहरूले सदनको व्यवस्थापनबारे सभामुख घिमिरेलाई जानकारी गराएका छन् ।
सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण