आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् बैठकको पूर्व सन्ध्यामा सभामुख घिमिरेले गरे संसद् भवनमा तयारी अवलोकन

आइतबार, २१ माघ २०८०, १४ : ५५
आइतबार, २१ माघ २०८०

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदे अधिवेशन सुरु हुनु पूर्व संसद् भवनको अवलोकन गरेका छन् । आइतबार दिउँसो नयाँ बानेश्वरस्थित संसदमा भवनमा पुगेर उनले भौतिक तथा प्राविधिक व्यवस्थापनबारे अवलोकन गरेका हुन् ।

सभामुखसँगै सङ्घीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेय लगायतका संसद् सचिवालयका कर्मचारी संसद् भवन पुगेका छन् । संसद् सचिवालयका कर्मचारीहरूले सदनको व्यवस्थापनबारे सभामुख घिमिरेलाई जानकारी गराएका छन् ।

सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ ।

dev

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप