आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती महिला प्रहरीलाई छुट्टै पोसाकको व्यवस्था गर्नेबारे छलफल

आइतबार, २१ माघ २०८०, १५ : २२
आइतबार, २१ माघ २०८०

काठमाडौँ । प्रहरीले गर्भवती महिला कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था गर्नेबारे छलफल गरेको छ । प्रहरी प्रधान कार्यालयले देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि छुट्टै पोसाकको व्यवस्था गर्नका लागि छलफल थालेको हो ।  

प्रहरी समन्वय समिति (पीसीसी)को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार गर्नेबारे छलफल भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए । 

गर्भवती महिला प्रहरी कर्मचारीका लागि छुट्टै पोसाक सिलाएर देशभर पठाउने प्रहरी प्रधान कार्यालयको तयारी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप