३४ लाख रुपैयाँ बराबरको प्याज र खुद्रा सामान प्रहरीको नियन्त्रणमा
आइतबार, २१ माघ २०८०, १६ : २३
बारा । जिल्ला प्रहरी कार्यालय बाराले ३४ लाख रुपैयाँ बराबरको प्याज र खुद्रा सामान नियन्त्रणमा लिएको छ ।
विभिन्न इकाई कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिलबिजकभन्दा बढी स्रोत खुलाउन नसकेकाले ३४ लाख ८७ हजार २१८ रुपैयाँ बराबरको सामानहरूसहित गाडीहरू नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका हुन् ।
न्यौपानेका अनुसार इलाका प्रहरी कार्यालय जीतपुरले ७ वटा सवारीबाट ११ लाख ८७ हजार ७५० रुपैयाँ बराबरको प्याज र ११ लाख ९२ हजार ९७४ रुपैयाँ बराबरको खुद्रा सामान नियन्त्रणमा लिएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय अमलेखगन्जले ११ लाख ६ हजार ४९४ रुपैयाँ बराबरको किराना सामग्रीसहित ट्रकलाई नियन्त्रण लिएको छ । यसबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको न्यौपानेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण