बलात्कार आरोपमा प्रहरीका पूर्वसई विरुद्ध मुद्दा दायर
आइतबार, २१ माघ २०८०, १७ : ४४
काठमाडौँ । बलात्कार आरोपमा नेपाल प्रहरीका एक जना पूर्वसई विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौँको कलंकीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादवलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको थियो ।
यादवले पुस १७ मा कलंकीस्थित पीडितको डेरामा गएर बलात्कार गरेको आरोप छ । घटनाबारे अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अंगुर जिसिले रातोपाटीलाई बताए । उनले भने,‘मुद्दा अदालतमा दर्ता भएर थुनछेक सुरु भएको छ ।’
डेरामा पानी खाने निहुँमा प्रवेश गरेर यादवले ‘एसिड छ्यापेर कुरुप बनाउँछु’ भनेर बलात्कार गरेको पीडित किशोरीले जाहेरी दिएकी छन् । आरोपी यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण