सात सयभन्दा बढी एम्बुलेन्स जिपिएस प्रणालीबाट सञ्चालन
सोमबार, २२ माघ २०८०, १० : ४८
काठमाडौँ । देशभर ७ सय भन्दा बढी एम्बुलेन्स जिपिएस प्रणाली (जियोलोजिकल पोजिसिनिङ सिस्टम ) बाट सञ्चालन भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ महिनाको अवधिमा ७ सय बढी एम्बुलेन्स सेवा जिपिएस प्रणालीबाट सञ्चालन भएका हुन् । यो प्रणाली मार्फत बिरामी वा सेवाग्राहीको नजिक रहेको एम्बुलेन्सको सेवा प्राप्त गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
सेवाग्राहीलाई जतिसक्दो छिटो एम्बुलेन्स सेवा उपलब्ध गराउनका लागि जिपिएस प्रणाली ल्याइएको उनले बताए । सो सेवा मार्फत सञ्चालित एम्बुलेन्स सेवा लिनका लागि १०२ नम्बरमा फोन गर्न सकिन्छ ।
देशभर २ हजार ५ सय बढी एम्बुलेन्स सेवा सञ्चालन रहेका छन् । ती सबै एम्बुलेन्स सेवालाई जिपिएस प्रणालीमा ल्याउनका लागि प्रयास भइरहेको बुढाथोकीले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री वाग्ले
-
अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण