२ जना मृतावस्थामा फेला, अर्का एकको डुबेर मृत्यु
सोमबार, २२ माघ २०८०, १२ : २६
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ चनौटे नयाँ बजार बस्ने ६१ वर्षीय सरन कुमार दंगाल सोही ठाउँस्थित सडकको नालीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार तनहुँको देवघाट गाउँपालिका-५ बगन्दीस्थित त्रिशुली नदीको किनारमा पनि गोरखा नगरपालिका-३ नारेश्वर बस्ने २९ वर्षीया अन्जली तिवारी अर्याल मृत अवस्थामा फेला परेकी छिन् ।
यसैबीच राजधानीको चन्द्रागिरी नगरपालिका-१० बुद्वमन्दिर परिसरभित्र निर्माणाधिन भवनको रिजर्व पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने घादिङ गजुरी गाउँपालिका घर भएका सरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङ रहेको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा डुबेर घाइते भएका उनको नेपाल सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण