आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल नेपालको सपना पूरा गर्दे नेपाल टेलिकम

सोमबार, २२ माघ २०८०, १४ : १८
सोमबार, २२ माघ २०८०

२०६० माघ २२ गतेका दिन तत्कालीन नेपाल दूरसञ्चार संस्थानबाट रूपान्तरण भई कम्पनी ऐन अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड स्थापना भएको थियो । २० औँ वार्षिकोत्सव मनाइँदै गर्दा अग्रणी संस्थाले भ्वाइस सेवामा जिएसएम, फाइबर र पिएसटिएन तथा इन्टरनेट सेवामा थ्रीजी, फोरजी, एडिएसएल र  फाइबर प्रविधिबाट देशव्यापी रूपमा सेवा प्रदान गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको वि.सं. २०८० असार मसान्तको प्रतिवेदन अनुसार भ्वाइस तथा इन्टरनेट सेवामा कम्पनीको बजार हिस्सा क्रमशः ६१.९५ र ५१.१६ प्रतिशत रहेको छ । 

कम्पनीले ७७ जिल्लाका ७४१ स्थानीय तहमा फाइबर टू होम सेवा र फोज सेवा सहित दूर सञ्चार सेवा उपलब्ध गर्दै आइरहेको छ । यसले नेपाल सरकारको डिजिटल नेपालको सपना पुरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई मूर्तरूप दिन सोको लागि अपरिहार्य रहेको कनेक्टिभिटिको उपलब्धता सुनिश्चित गर्न कम्पनीले आवश्यक ब्रोडब्याण्ड सेवा सँगसँगै फाइबर टू होम  सेवालाई ७५३ स्थानीय तहलाई जोड्ने गरेर कार्य गरिरहेको छ । 

पूर्वाधार निर्माणमा नेपाल टेलिकम

नेपाल टेलिकमले आफ्ना १६२ वटा ग्राहक सेवा केन्द्रहरूबाट २०८० असोज सम्ममा देशभरिका २ करोड १४ लाख ९३ हजार ७ सय ७६ ग्रााहकलाई भ्वाईस र इन्टरनेट  सेवा प्रदान गरिरहेको छ । नेपाल टेलिकमले सम्पूर्ण नागरिकलाई सस्तो, सुलभ र सहज दूर सञ्चार सेवाको उपलब्धता र प्रयोगको लागि कुल ४,२०३ जिएसएम टावरमा टु जी, थ्री जी र फोर जी नेटवर्क मार्फत र ४,२७,७७६ क्षमताको फ्राइबर टु होम नेटवर्क बिस्तार गरी ७ प्रदेशका ७७ जिल्लामा सेवा उपलब्ध गराई रहेको छ । सुगम स्थान देखि दुर्गम एवं विकट स्थानहरूमा सेवा विस्तार गर्न फाइबर नेटवर्क पूर्वाधारलाई प्राथमिकताको साथ अगाडी बढाई रहेको छ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन आयोजनाको कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश अन्तर्गतका मध्य पहाडी लोक मार्ग, जिल्ला सदरमुकाम जोड्ने विभिन्न मार्गमा अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्ने कार्यक्रम अन्तर्गत कुल १,२२५ किलोमिटर नेटवर्क तयार भई सकेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत मध्य पहाडी लोक मार्ग अन्तर्गत कुल ९७७ किलोमिटर  अप्टिकल फाइबर नेटवर्क बनाई सकेको छ । अति दुर्गम र विकट स्थानहरूलाई दूर सञ्चारको पहुँच भित्र ल्याउन २,८६५ सेट माईक्रोवयभ रेडियो सञ्चालनमा ल्याइएको छ ।

 दूर सञ्चार क्षेत्रमा हुने नवीनतम प्रविधिको विकास तथा बिस्तार गर्ने कम्पनीको योजना अनुरूप फाईभ जी सेवाको काठमाडौँ,पोखरा र वीरगन्ज स्थित कम्पनीको कार्यलयहरुमा परीक्षण गरिसकेको छ । सम्बन्धित निकायहरूबाट फाईभ जी सेवा व्यवसायीक संचालनको लागि अनुमति दिएमा तत्काल सञ्चालनमा ल्याउने गरी कम्पनी तयारी अवस्थामा अगाडी बढेको छ । सम्पूर्ण नागरिकहरूलाई डिजिटल आर्थिक कारोबरमा प्रोत्साहन गर्न नेपाल टेलिकमले आफ्नो सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको २०७७ श्रावण १३ गते स्थापना गरी “नमस्ते पे“  ब्रान्डको नाममा सेवा प्रदान गरिरहेको छ । जसले आर्थिक लेनदेनलाई नगद भन्दा डिजिटल कारोबार गर्न सर्वसाधारणमा सहजता थपिदिएको छ । कम्पनीका सेवाका शुल्कहरू मोबाइल बैकिङ र क्यूआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको छ ।  यसले डिजिटल नेपालको सपना पुरा गर्न आवश्यक पर्ने पूर्वाधार र नेटवर्क बिस्तारको आधार नेपाल टेलिकमले एक पछि अर्को गर्दै पूरा गर्दै गएको देखिन्छ ।

डिजिटल डिभाइड न्यूनीकरणमा नेपाल टेलिकम

नेपाल सरकारले डिजिटल नेपाल अवधारणा कार्यान्वयनका लागि इन्टरनेटलाई विभिन्न आधार स्तम्भ मध्य एउटा आधार स्तम्भको रूपमा लिएको छ । यसैले नेपाल टेलिकमले सबैको सहज उपलब्धताको लागि आफ्ना सेवाहरू विकास र विस्तार गरिरहेको छ । डिजिटल नेपालको सपना पुरा गर्दै गर्दा कसैमा पनि डिजिटल डिभाइड नहोस् र सबैको समान पहुँच पुगोस् भन्ने तिर समेत कम्पनीले ध्यान दिएको देखिन्छ । खास गरी हिमाली र पहाडी भू–भागहरूमा रहेका दूर दराज गाउँहरूमा भौगोलिक र लागतका हिसाबले सेवा पुर्‍याउनु निकै चुनौती पूर्ण छ । तर पनि नेपाल टेलिकमले अति विकट र दुर्गम स्थानहरु जहाँ लगानीको तुलनामा न्यून प्रतिफल प्राप्त हुन्छ र कयौँ पटक लागतै उठाउन असम्भव हुन्छ । त्यस्ता ठाउँमा समेत नेपाल टेलिकम नागरिकप्रतिको आफ्नो जिम्मेवारी बहन गर्नको लागि भौगोलिक विविधता सुहाउँदो उपयुक्त प्रविधि प्रयोग गरी सस्तो र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

जसमा जिएसएम, फाईबार नेटवर्क र स्याटलाइट प्रविधि मार्फत दूरसञ्चार सेवा दिँदै आएको छ । प्राकृतिक प्रकोपमा परेका नागरिकलाई पनि सञ्चार सेवाबाट वञ्चित हुन नदिन स्याटलाइट प्रविधिबाट जोडिराख्न नेपाल टेलिकमले भिस्याट प्रविधिबाट सेवा दिँदै आएको छ । यसले भौगोलिक आधारमा हुने डिजिटल डिभाईडलाई न्यूनीकरण गर्न सहयोग गरेको छ । नेपाल टेलिकमले थप एक कदम अगाडी बढेर फोरजी प्रविधि मार्फत प्रदान गरिएको इन्टरनेट सेवाले डिजिटल डिभाइडमात्र नभई ब्रोडब्याण्ड डिभाईड समेत न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ  । नेपाल टेलिकमले आफ्नो सेवाको विस्तार र वितरण गर्दा नागरिकमा हुने सबै खाले डिजिटल डिभाईड न्यूनीकरणमा विशेष ध्यान दिने गरेको देखिन्छ । जसले गर्दा सहर देखि गाउँ सम्म र हिमाल देखि तराई सम्मका सम्पूर्ण नेपालीहरूमा समान पहुँच, उपलब्धता र अवसर दिँदै आएको छ । यसले आर्थिक हैसियत र  भौगोलिक बनावटका आधारमा हुने सबै खाले डिजिटल डिभाईडको अन्त्य गर्न मदत पुग्ने देखिन्छ ।

डिजिटल नेपाल फ्रेमवर्कमा नेपाल टेलिकम

डिजिटल नेपाल फ्रेमवर्कमा आठ वटा  प्रमुख क्षेत्रहरूलाई समेट्ने गरी नेपाल टेलिकमले निम्न कार्य गरेको छ । 

१) शिक्षा- कम्पनीले शिक्षासँग सम्बन्धित जानकारीहरू ब्लक एसएमएस र सिआरबिटी मार्फत निःशुल्क प्रदान गर्दै आएको छ । साथै विधार्थीहरुलाई सियूजि पाठशाला, निःशुल्क सिम वितरण र अफिस प्याकेज सञ्चालनमा ल्याएको छ । 

२) स्वास्थ्य- कम्पनीले स्वास्थ्यसँग सम्बन्धित जानकारीहरू ब्लक एसएमएस र सिआरबिटी मार्फत निःशुल्क प्रदान गर्दे आएको छ । टेलि हेल्थ, टेलि मेडिसियनलाई आवश्यक पर्ने दूरसञ्चार सेवा प्राय सबै स्वास्थ्य केन्द्रहरूमा पु-¥याएको छ । जसले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सहज हुन पुगेको छ ।

३)डिजिटल आधार- कम्पनीले फोरजी सेवा ७४१ स्थानीय निकायमा पु¥याई सकेको छ । बाँकी १२ स्थानीय निकायमा पनि छिटो पु¥याउने ढङ्गबाट काम भइरहेको छ । फाइबर विस्तार क्रमशः गरिँदै लगिएको छ । यसले डिजिटल साक्षरता बढाउन र स्थानीय निकायलाई पेपर लेस डिजिटल बनाई क्रान्तिको आधार दिएको छ ।

४)कृषि - कृषक र कृषि क्षेत्रको डिजिटलाईजेसनको लागि आवश्यक कनेक्टीभिटि कम्पनीले दिँदै आएको छ । बजार भाउको जानकारी, बजारको खोजी, भण्डारण र गोदामको व्यवस्था गर्न, विज्ञहरुसँग खेतबारी बाटै अनलाइन परामर्श लिन र बालीनाली तथा पशुपक्षीको उपचार सुझाव लिनको लागि आवश्यक वायर लाइन र वायरलेस नेटवर्कको व्यवस्था नेपाल टेलिकमले दिएको छ । जसले कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा मदत पु-याएको छ ।

५)सहरी पूर्वाधार- सहरी क्षेत्रको सौन्दर्यलाई ध्यान दिँदै दैनिक रूपमा गरिने कार्यलाई डिजिटल बेस बनाउन नेपाल टेलिकमले विभिन्न पूर्वाधारहरू तयार गरेको छ । वायरलेस, वायरलाईन, लिजलाईन, फाइबर टु दि होम, जिसएम, सियूजी र अन्य प्रविधि मार्फत सेवा दिँदै आएको छ । जसले जल व्यवस्थापन,फोहर मैला  र सार्वजनिक यातायात व्यवस्थापनमा मदत पुगेको छ ।

६)ऊर्जा- नेपाल टेलिकमले विकट स्थानमा रहेका हाईड्रोपावर कम्पनीहरूमा समेत वायरलेस तथा भिस्याट प्रविधिबाट दूरसञ्चार सेवा दिई रहेको छ । विद्युत् प्राधिकरणको बिलीङ्को लागि इन्टरनेट, स्मार्ट मिटरको लागि एम टु एम सिम कार्ड उपलब्ध गर्दे आएको छ ।

७)पर्यटन- कम्पनीले विभिन्न पर्यटकीय स्थलहरुमा फ्रि वाईफाइ दिँदै आएको छ । पर्यटकको आकर्षक गन्तव्य स्थानलाई इन्टरनेटको पहुँचसँग जोड्ने काम गरिरहेको छ । पर्यटक लक्षित टुरिस्ट सिम र अफरहरू सञ्चालन गर्दै आएको छ । 

८)वित्त- नेपाल टेलिकमले उपलब्ध गराएको वायरलाइन र वायरलेस प्रविधि अन्र्तगतको इन्टरनेटको कारण नागरिकलाई स्मार्ट वित्तीय कारोबार गर्न सहज भएको छ । नेपाल टेलिकमले आफ्नै सहायक कम्पनी नमस्ते पे मार्फत वालेट भुक्तानी गर्न सक्ने सुविधा दिएको छ । साथै विना इन्टरनेट पनि नमस्ते पे बाट आर्थिक कारोबार गर्न सक्ने गरि आवश्यक व्यवस्था मिलाईएको छ । कम्पनीको ग्राहक सेवा केन्द्रहरुमा क्यूआर स्क्यान मार्फत बिल भुक्क्तानी गर्न मिल्ले व्यवस्था मिलाईएको छ ।

डिजिटल नेपालको अभियानमा नेपाल टेलिकमले पु¥याएको योगदान अतुलनीय छ । यसको अलावा थप निम्न कार्यभार पुरा गर्नु पर्ने देखिन्छ ।

क) अन्तरदेशीय सूचना महामार्गको सुनिश्चितताको लागि मल्टीपल क्रस बोर्डर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नु पर्ने देखिन्छ ।

ख)मध्य पहाडी मार्गमा अप्टिकल फाइबर नेटवर्क मार्फत महामार्ग निमार्णको आयोजना सम्पन्न गर्नुपर्ने देखिन्छ ।

ग) वायरलाईन तथा वायरलेस सेवाको विस्तारको लागि ब्याकबोन नेटवर्कको स्तरउन्नती गर्नुपर्ने देखिन्छ ।

घ) पूर्वाधार कम्पनी खडा गरी सञ्चालन गर्नुपर्ने देखिन्छ ।

ङ) डिजिटल बैक स्थापना सम्बन्धमा अध्ययन गर्ने देखिन्छ ।

    समग्रमा मुलुकका सम्पूर्ण भूभागमा बसोबास गर्ने जनतालाई अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउन तल्लीन नेपाल टेलिकमले उपलब्ध गराएको कनेक्टिभिटी र नेटवर्कको कारण डिजिटल नेपालको सपना साकार हुँदै गएको छ । नेपाल सरकारको डिजिटल नेपाल फेर्मवर्क, डिजिटल इकोनोमी, स्मार्ट सिटी, स्मार्ट सोसाइटीको अवधारणालाई साकार पार्न दूरसञ्चार तथा सूचना प्रविधिको पूर्वाधार विकास गर्ने कार्यमय कम्पनीले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । कम्पनीको यी प्रयासहरूबाट मुलुकको आर्थिक विकास, आम नागरिकको जीवन स्तरमा सुधार र डिजिटल डिभाईड न्यूनीकरणमा ठुलो योगदान पुग्ने देखिन्छ । नागरिकलाई आधुनिक र नवीनतम प्रविधिको उपलब्धता गराउन कम्पनीले गरेको अथक प्रयास र मेहनतका कारण सम्पूर्ण नेपालीहरूमा दूरसञ्चार सेवा उपलब्ध हुन सम्भव बनेको छ ।

देशको टेलिघनत्व ११९.३६ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवाको कुल घनत्व १३५.५० प्रतिशत पुगेको छ । जसले डिजिटल साक्षरता विस्तार, ई–गभर्नेस अवधारणा साकार, ज्ञानमा आधारित समाज निर्माणको माध्यमबाट राष्ट्र निर्माणमा अतुलनीय योगदान पु¥याउँदै आएको छ । समग्रमा भन्नु पर्दा सिंगो राज्य र समग्र गतिविधिहरू  डिजिटलाईजेशन बन्दै गएको छ । नेपालीको डिजिटल नेपाल बनाउने सपना साकार हुँदै गएको देखिन्छ । नेपाल टेलिकमको २० औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकम र सम्पूर्ण सरोकारवालाहरूमा डिजिटल नेपाल बनाउने कार्यभार पुरा गर्ने शक्ति प्राप्त होस् भनी शुभकामना व्यक्त गर्दछु ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अचुत कुमार ओझा
अचुत कुमार ओझा
लेखकबाट थप