क्यान्सरको उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न विज्ञको जोड
काठमाडौँ । क्यान्सरका बिरामीको उपचारका लागि स्वास्थ्य बीमामा जोड्नु पर्ने विज्ञहरुले जोड दिएका छन् । नेपालमा क्यान्सरको उपचार महँगो भएकाले क्यान्सरको उपचारलाई स्वास्थ्य बीमामा जोड्नु पर्ने विज्ञहरुले सुझाएका हुन् ।
क्यान्सर रोग पहिचान गरी सुरुकै अवस्थामा उपचार गरेमा २० देखि ३० हजार रुपैयाँ सरकारी निकायमा मात्रै खर्च लाग्ने तर क्यान्सर बल्झिँदै गएमा अन्तिम अवस्थामा जानकारी भएमा लाखौँ खर्च हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
‘सरकारले प्रत्येक क्यान्सरका बिरामीलाई १ लाख रुपैयाँ औषधि उपचार खर्च दिँदै आएको छ,’ उनले भने, ‘अब स्वास्थ्य बीमा मार्फत यसको दयरा बढाउँदै लैजाने योजना छ । ’
फोक्सो क्यान्सर, कलेजो क्यान्सर, स्तन क्यान्सर, मुख क्यान्सर, पाठेघरको मुखको क्यान्सर लगायतको रोगको नेपालमै उपचार हुने क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए । ‘नेपालको भौगोलिक दृष्टिकोणले विकट क्षेत्रमा क्यान्सर उपचारको पहुँच पुग्न सकेको छैन,’ शाहीले भने, ‘क्यान्सर उपचारमा सन्तुलन पहुँच पुर्याउनका लागि स्वास्थ्य बीमामा क्यान्सर रोगलाई जोड्नु पर्छ ।’
नेपालमा प्रत्येक वर्ष २० देखि ३० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । त्यसमध्ये १५ देखि २० हजार जनाको वार्षिक रुपमा निधन हुने गरेको विज्ञहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण