दुर्घटना
सर्लाहीमा दुर्घटना हुँदा नापी कार्यालयका प्रमुखसहित ११ जना घाइते
सोमबार, २२ माघ २०८०, २२ : ०६
काठमाडौँ । सर्लाहीको मलंगवा नगरपालिका–११ मा ट्याक्टर र जिप ठोक्किएर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपेन्द्र पञ्जियार थारुले रातोपाटीलाई बताए ।
उखु बोकेको ज.२ च १०६४ नम्बरको ट्याक्टर र भारतिय नम्बर प्लेटको सफारी जिप आसपमा ठोक्किएको हो । नापी कार्यालयका प्रमुख मानन्धर बिआर–०६–पिडी–९६४८ नम्बरको सफारी जिपमा सवार थिए ।
दुर्घटनामा परेर ४ जना गम्भिर, ४ जना मध्यम र ३ जना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागी स्थानिय अस्पतालले बिरगञ्ज रिफर गरेर डिएसपी थारुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण