फोडेनको ह्याट्रिक, लिभरपुलसँगको अंक दूरी घटाउँदै म्यानचेस्टर सिटी
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर सिटीले सजिलो जित हात पारेको छ । म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई उसैको घरेलु मैदानमा ३–१ गोलले पराजित गरेको हो ।
जितसँगै म्यानचेस्टर सिटीले लिग लिडर लिभरपुलसँगको अंक दूरी पनि घटाएको छ । प्रिमियर लिग तालिकाको पहिलो स्थानमा आसिन लिभरपुलले २३ खेलबाट ५१ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन म्यानचेस्टर सिटीले भने २२ अंकबाट ४९ अंक बटुलेको छ ।
ब्रेन्टफोर्ड भने २२ खेलबाट २२ अंक जोड्दै तालिकाको १५औँ स्थानमा छ । ब्रेन्टफोर्डविरुद्ध म्यानचेस्टर सिटीको जितमा फिल फोडेन नायक बने । म्यान सिटीका लागि इङ्ल्यान्डका २३ वर्षीय मिडफिल्डर फोडेनले ह्याट्रिक गरेका थिए ।
खेलमा सुरुआती अग्रता भने ब्रेन्टफोर्डले लिएको थियो । निर्धारित समयको २१औँ मिनेटमा निल मउपीले ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा म्यान सिटीका लागि फोडेनले जवाफी गोल गरेका थिए । फोडेनले बाँकी दुई गोल दोस्रो हाफमा गरेका थिए । उनले ५३औँ मिनेटमा दोस्रो र ७०औँ मिनेटमा तेस्रो गोल थपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण