मिस जापानले त्यागिन् उपाधि
टोकियो । मिस जापानले आफ्नो उपाधि त्यागेकी छिन् । एक विवाहित पुरुषसँग अन्तरङ्ग सम्बन्धबारे एक पत्रिकाले खबर छापेपछि २६ वर्षिया कारोलिना शिनोले उपाधि त्यागेकी हुन् । कारोलिनालाई जनवरी २२ मा मिस जापान घोषित गरिएको थियो । उपाधि चुमेको २ हप्तामै उनले सो उपाधि फिर्ता गरिदिएकी छिन् ।
युक्रेनी मूलकी युवतीलाई मिस जापान बनाइएको भन्दै जापानभर यस पटकको मिस जापानको निकै आलोचना भएको थियो । यस्तै विवादबिच शुकान बुनशुनले नाम नखुलाइएको विवाहित इन्फ्लुएन्सर र डाक्टरसँग शिनाको सम्बन्ध रहेको भन्दै समाचार छापेको थियो । अहिलेसम्म ती पुरुषले सार्वजनिक रूपमा शिनोसँगको सम्बन्धबारे मुख खोलेका छैनन् ।
शिनोको बचाउ गर्दै सौन्दर्य प्रतियोगिता आयोजकले ती पुरुष विवाहित रहेको उनलाई थाहा नभएको बताएको थियो । पत्रिकाले खबर छापेपछि शिनोले आयोजकहरूलाई भ्रममा राखेको र आफूलाई समर्थन गर्नेहरूको चित्त दुखाएकोमा माफी मागेकी थिइन् । उनले मिस जापान एशोसियशनसमक्ष आफ्नो राजीनामा दिँदै क्राउन पनि फिर्ता दिइसकेकी छिन् । यो वर्षभर मिस जापानको उपाधि रिक्त रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण