भूकम्प प्रभावित २० जना छोरीहरूलाई ज्योति फाउन्डेसनले पढाउने
सुर्खेत । वीरेन्द्रनगरमा रहेको ज्योति फाउन्डेसन नामक संस्थाले जाजरकोट भूकम्पबाट प्रभावित छोरीहरूलाई पढाइमा सहयोग गर्ने घोषणा गरेको छ ।
आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले भूकम्पमा परी आमाबुबा गुमाएका विपन्न र आर्थिक अवस्था कमजोर भएका छोरीहरूलाई छात्रवृत्तिमार्फत पढाइने बताइन् ।
उनका अनुसार १–१० कक्षासम्म सामुदायिक विद्यालयमा लाग्ने सम्पूर्ण खर्च फाउन्डेसनले नै व्यहोर्ने छ । ‘हामीले तत्काल २० जना छोरीहरूको शिक्षामा लाग्ने खर्चको व्यवस्थापन गरिसकेका छौँ,’ उनले भनिन्, ‘मङ्सिर १५ गते फाउन्डेसनले वीरेन्द्रनगरमा साङ्गीतिक साँझ आयोजना गरेको थियो । त्यहाँबाट सङ्कलन भएको रकम बैँकमा जम्मा गरिने छ । त्यहीबाट आएको ब्याजबाट छोरीहरूको शिक्षाका सहयोग गरिने छ ।’
साङ्गीतिक साँझबाट २२ लाख ७५ हजार ४९४ रकम सङ्कलन भएको छ । त्यसमध्ये ९ लाख ६१ हजार बराबरको रकम कार्यक्रमको व्यवस्थापनमा सकिएको छ भने बाँकी १३ लाख १४ हजार ४६३ रुपैयाँ बचत रहेको छ ।
कटुवालले स्थानीय तहको सिफारिसको आधारमा मात्रै प्रभावित छात्राहरूलाई पढाइने बताइन् । यस्तै स्वास्थ्य उपचार तथा स्वास्थ्य परामर्शका लागि पनि सुर्खेतका निजी अस्पतालहरूसँग सम्झौता गरिने छ । कटुवालले छात्रवृत्ति वितरणको छुट्टै कार्यविधि पनि निर्माण गरिएको जानकारी गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण