लुम्बिनी प्रदेश : कुन जिल्लामा कति उत्पादन भयो धान ?
बुटवल । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०–८१ मा २लाख ९९ हजार ३४८ हेक्टरमा धान खेती गर्दा १२ लाख ९६ हजार ८९३ दशमलव ४ मेट्रिक टन उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७९–८०मा ३ लाख ७ हजार हेक्टरमा धान खेती गर्दा १२ लाख १४५३ दशमलव ९ मेट्रिक टन उत्पादन भएको थियो । लुम्बिनी प्रदेशकाको तराईको जिल्लामा नवलपरासीमा १९ हजार ८८५ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा ९१हजार ४७१ मेट्रिक टन धान उत्पादन भएको छ ।
रुपन्देहीमा ६० हजार ३२२ हेक्टरमा २ लाख ७८ हजार ८४ मेट्रिक टन उत्पादन भएको छ।कपिलवस्तु जिल्लामा ६५ हजार ८६६ हेक्टरमा २ लाख ७६ हजार ६३७ मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै पाल्पा जिल्लामा ७ हजार ३७९ हेक्टरमा ३३ हजार ६१९ मेट्रिक धान उत्पादन भएको छ ।
गुल्मी जिल्लामा ७ हजार १२० हेक्टर क्षेत्रफलमा२३ हजार १४० मेट्रिक टन धान उत्पादन भएको छ । अर्घाखाँची जिल्लामा ६ हजार ९८२ हेक्टरमा धान खेती गर्दा २५ हजार २०५ मेट्रिक टन धान उत्पादन भएको छ ।
रोल्पा जिल्लामा ४हजार ५४५ हेक्टर क्षेत्रफलमा १२ हजार ९९३ मेट्रिक टन धान उत्पादन भएको छ । दाङ जिल्लामा ३५हजार १८४ हेक्टर क्षेत्रफलमा १ लाख ५८ हजार ३२८ मेट्रिक टन धान उत्पादन भएको छ। बाँके जिल्लामा ३४ हजार ६७५ हेक्टरमा धान खेती गर्दा १लाख ४५ हजार ६३५ मेट्रिक टन धान उत्पादन भएको छ ।
प्युठान जिल्लामा ६ हजार४६० हेक्टरमा धान खेती गर्दा२३ हजार ७७२ मेट्रिक टन धान उत्पादन भएको छ ।रुकुम पूर्व जिल्लामा ८ सय२० हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २ हजार ५५८ मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै बर्दिया जिल्लामा ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २लाख २५ हजार ४५० मेट्रिक टन उत्पादन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण