आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : कुन जिल्लामा कति उत्पादन भयो धान ?

बुधबार, २४ माघ २०८०, ०८ : ३१
बुधबार, २४ माघ २०८०

बुटवल । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०–८१ मा २लाख ९९ हजार ३४८ हेक्टरमा धान खेती गर्दा १२ लाख ९६ हजार ८९३ दशमलव ४ मेट्रिक टन उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७९–८०मा ३ लाख ७ हजार हेक्टरमा धान खेती गर्दा १२ लाख १४५३ दशमलव ९ मेट्रिक टन उत्पादन भएको थियो । लुम्बिनी प्रदेशकाको तराईको जिल्लामा नवलपरासीमा १९ हजार ८८५ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा ९१हजार ४७१ मेट्रिक टन धान उत्पादन भएको छ ।

रुपन्देहीमा ६० हजार ३२२ हेक्टरमा २ लाख ७८ हजार ८४ मेट्रिक टन उत्पादन भएको छ।कपिलवस्तु जिल्लामा ६५ हजार ८६६ हेक्टरमा २ लाख ७६ हजार ६३७ मेट्रिक टन धान उत्पादन भएको छ  । यस्तै पाल्पा जिल्लामा ७ हजार ३७९ हेक्टरमा ३३ हजार ६१९ मेट्रिक धान उत्पादन भएको छ ।

गुल्मी जिल्लामा ७ हजार १२० हेक्टर क्षेत्रफलमा२३ हजार १४० मेट्रिक टन धान उत्पादन भएको छ । अर्घाखाँची जिल्लामा ६ हजार ९८२ हेक्टरमा धान खेती गर्दा २५ हजार २०५ मेट्रिक टन धान उत्पादन भएको छ ।

रोल्पा जिल्लामा ४हजार ५४५ हेक्टर क्षेत्रफलमा १२ हजार ९९३ मेट्रिक टन धान उत्पादन भएको छ । दाङ जिल्लामा ३५हजार १८४ हेक्टर क्षेत्रफलमा १ लाख ५८ हजार ३२८ मेट्रिक टन धान उत्पादन भएको छ। बाँके जिल्लामा ३४ हजार ६७५ हेक्टरमा धान खेती गर्दा १लाख ४५ हजार ६३५ मेट्रिक टन धान उत्पादन भएको छ । 

प्युठान जिल्लामा ६ हजार४६० हेक्टरमा धान खेती गर्दा२३ हजार ७७२ मेट्रिक टन धान उत्पादन भएको छ ।रुकुम पूर्व जिल्लामा ८ सय२० हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २ हजार ५५८ मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै बर्दिया जिल्लामा ५० हजार १ सय  हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २लाख २५ हजार ४५० मेट्रिक टन उत्पादन भएको छ ।

355

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप