स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा
वालिङ । स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो ।
जिल्लाका ११ वटै पालिकामा न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु २० लाखसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । यहाँका धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक महत्वका स्थानमा बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माण अगाडि बढाइएको उनले बताए ।
“प्रदेशबाट छनोट भएका योजनाको सम्झौता गर्ने, लागत योजना तयार गर्नेलगायत काम भइरहेको छ”, प्रमुख ढकालले भने, “केही योजना सम्पन्न भइसकेका छन् भने अधिकांश योजना अहिले धमाधम निर्माण काम भइरहेका छन् ।” पर्यटकीय सम्भावना बोकेका स्थलमा पर्यटकको आवागमनलाई सहज बनाउने उद्देश्यसहित पदमार्ग र भौतिक संरचना निर्माण भइरहेको उनले जानकारी दिए ।
स्याङ्जामा चालु आवमा योजना कार्यान्वयनका लागि रु दुई करोड ७५ लाख बजेट विनियोजन भएको थियो । रु २० लाख र रु १५ लाखको एक÷एक, रु १० लाख लागतका पाँच र रु पाँच लाख लागतका ३८ वटा योजना कार्यान्वयनमा रहेका छन् । सबैभन्दा धेरै योजना १० वटा योजना पुतलीबजार नगरपालिकामा कार्यान्वयनमा रहेका कार्यालयका योजना शाखा प्रमुख कृष्ण लम्सालले बताए ।
उनका अनुसार वालिङ नगरपालिकामा नौ, भिरकोटमा छ, बिरुवा गाउँपालिकामा पाँच, फेदीखोलामा चार, चापाकोट र गल्याङ नगरपालिका तथा आँधीखोला हरिनास र अर्जुनचौपारी गाउँपालिकामा समान दुई–दुईवटा योजना छन् । कालीगण्डकी गाउँपालिकामा एउटामात्रै योजना कार्यान्वयनमा रहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण