बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सुशासन र भ्रष्टाचारको राजनीतिक रङ हुँदैन : जनार्दन शर्मा

बुधबार, २४ माघ २०८०, १३ : ५२
बुधबार, २४ माघ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि चालेका कदमहरू स्वागतयोग्य रहेको बताएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठक उनले अहिले सरकारले भ्रष्टाचार विरोधी अभियान, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा पहल अगाडि बढाइरहेको बताए । ‘त्यो पहललाई तीव्र बनाउनका लागि संसद्को तिखो खबरदारी, सहयोग र साथ आवश्यक भएको ठानेको छु’  शर्माले भने ।

भ्रष्टाचार विरोधी अभियान र सुशासनको पक्षको पहलमा राजनीतिक रङ नदिन उनको आग्रह छ । ‘सुशासनको, भ्रष्टाचारको राजनीतिक रङ हुँदैन । यसलाई सुशासन स्थापना गर्न हामी सबैले साथ र सहयोग गर्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढङ्गले काम गर्न चाहेको उल्लेख गर्दै यसको निम्ति राज्य संयन्त्र र संरचनाहरूको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।

सहकारीको रकम हिनामिना सुधार र समस्या समाधानका लागि काम गर्न उनले सरकारलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप