सुशासन र भ्रष्टाचारको राजनीतिक रङ हुँदैन : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि चालेका कदमहरू स्वागतयोग्य रहेको बताएका छन् ।
बुधवार प्रतिनिधिसभाको बैठक उनले अहिले सरकारले भ्रष्टाचार विरोधी अभियान, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा पहल अगाडि बढाइरहेको बताए । ‘त्यो पहललाई तीव्र बनाउनका लागि संसद्को तिखो खबरदारी, सहयोग र साथ आवश्यक भएको ठानेको छु’ शर्माले भने ।
भ्रष्टाचार विरोधी अभियान र सुशासनको पक्षको पहलमा राजनीतिक रङ नदिन उनको आग्रह छ । ‘सुशासनको, भ्रष्टाचारको राजनीतिक रङ हुँदैन । यसलाई सुशासन स्थापना गर्न हामी सबैले साथ र सहयोग गर्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढङ्गले काम गर्न चाहेको उल्लेख गर्दै यसको निम्ति राज्य संयन्त्र र संरचनाहरूको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।
सहकारीको रकम हिनामिना सुधार र समस्या समाधानका लागि काम गर्न उनले सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण