क्यानडाविरुद्धको एकदिवसीय श्रृंखला प्रतिस्पर्धात्मक हुने प्रशिक्षक र कप्तानको दाबी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको एकदिवसीय श्रृंखला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास ब्यक्त गरेका छन् । नेपालले बिहीबार क्यानडासँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।
क्यानडासँगको श्रृंखलाअघि बुधबार आयोजजित पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक देशाईले क्यानडाविरुद्धको श्रृंखलाका लागि प्रधानमन्त्री कप उपयोगी सिद्ध हुने विश्वास पनि ब्यक्त गरे । उनले यसपटक प्रधानमन्त्री कप फरक शैलीमा आयोजना हुनु महत्वपूर्ण पक्ष भएको बताए ।
‘क्यानडाविरुद्धको श्रृंखलाका लागि खासै गतिलो तयारी गर्न पाइएन । भर्खरै सम्पन्न प्रधानमन्त्री कपले भने श्रृंखलामा सहयोग पु-याउने विश्वास छ । यो श्रृंखला निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ,’ उनले भनेका छन् ।
उनले नयाँ खेलाडीले पनि प्रतियोगितामा गतिलो प्रदर्शन गर्ने विश्वास ब्यक्त गरेका छन् । ‘टोलीमा नयाँ खेलाडी पनि छन् । उनीहरुले सिनियर टोलीमा आएर उत्कृष्ट प्रदर्शनको प्रयास गर्नेछन् । उनीहरुको प्रदर्शन हेर्न पनि पनि उत्साही छु,’ उनले भनेका छन् ।
नेपालले घरेलु मैदानमा क्यानडासँग तीनवटा एकदिवसीय खेलको श्रृंखला खेल्ने कार्यक्रम छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान ९ः१५ बजे सुरु हुनेछ । श्रृंखलाको दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार खेलिने छ ।
नेपालले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि क्यानडासँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लागेको हो । उक्त श्रृंखलाका लागि नेपाल क्रिकेट संघले रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरिसकेको छ ।

घोषित टोलीमा कप्तान रोहितका अतिरिक्त आशिफ शेख, कुशल भुर्तेल, देब खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि क्यानडाविरुद्धको एकदिवसीय श्रृंखलामा आफूहरुले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे । उनले अधिकांश खेलाडी प्रधानमन्त्री कपमा ब्यस्त रहेको र यू–१९ टोली भर्खरै विश्वकप खेलेर फर्किएकाले पनि विशेष प्रशिक्षणको अवसर नपाएको बताए ।
‘हामीले श्रृंखलाका लागि खासै तयारी गर्न पाएनौं । दुई दिनमात्र अभ्यास ग¥यौं । त्यसअघि अधिकांश खेलाडी प्रधानमन्त्री कपमा ब्यस्त थियौं । यू–१९ खेलाडी पनि भर्खरै विश्वकप खेलेर फर्किएका छन् । प्रधानमन्त्री कपमा बढीभन्दा बढी खेल खेल्न पाएकाले पनि सबैले राम्रो एक्पोजर पाएका छौँ,’ उनले भनेका छन् । क्यानडाका प्रशिक्षक पुबुदु दासानायके र कप्तान साद बिन जाफरले पनि नेपालविरुद्धको श्रृंखला निकै प्रतिस्पर्धात्मक हुने विश्वास ब्यक्त गरे । पुबुदु नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण