समाचार
राजीनामा बुझाएका डीआईजी अर्जुन चन्दको हेडक्वार्टरमा सरुवा
शुक्रबार, २६ माघ २०८०, १७ : ०६
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काज सरुवा गर्ने निर्णय गरेका हुन् ।
उपप्रधानमन्त्री स्तरीय निर्णयअनुसार चन्द प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा भएका हुन् । प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्छन् ।
अहिले प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन् । आईजीपी बसन्त कुँवरले डीआईजी चन्दलाई ‘काज’ सरुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेका थिए ।
डीआईजी चन्दले राजिनामा पेश गरेका छन् । चन्दले राजीनामा बुझाएको कुरा २० माघमा सार्वजनिक भएको थियो । तर, प्रहरी प्रधान कार्यालयले राजीनामा ‘प्रक्रिया नपुगेको’ भन्दै स्वीकृतिका लागि अगाडी बढाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण