लुकीलुकी बुर्का लगाएर अदालत पुगिन् राखी सावन्त, थाहा पाउनुस् किन
ड्रामा क्विन भनेर चिनिने राखी सावन्त बिहिबार पंजाबको लुधियान शहरको अदालतमा लुकीछुपी बुर्का लगाएर पुगिन् । रामायणका रचयिता वाल्मिकीमाथि आपत्तिजनक टिप्पणी गरेको विषयमा राखी सावन्तविरुद्ध लुधियाना जुडिशियल मेजिस्ट्रेट कोर्टमा मुद्दा दर्ता गराइएको थियो । अदालतमा पेश भएपछि न्यायिक मजिस्ट्रेट विश्व गुप्ताले राखीको जमानतमा मञ्जुरी दिएका थिए ।
स्मरण रहोस्, राखी सावन्तविरुद्ध अदालतले जून २ तारिखमा गैर जमानती वारेन्ट जारी गर्दै लुधियानाका पुलिस आयुक्तलाई जुलाई ७ तारिखभन्दा पहिले अदालतमा राखीको पेशी सुनिश्चित गर्ने आदेश दिएको थियो । अदालतले बारम्बार समन पठाएपश्चात् पनि राखी मार्च ९ तारिमा भएको मुद्दाको सुनुवाईमा पेश भएकी थिइनन् ।
मानिसहरुको नजरबाट बच्नका लागि बुर्का लगाएर अदालतमा पुगेर आत्मसमर्पण गरिन् । अदालतले एक–एक लाख भारुका दुई मुचुल्कामाथि राखीको जमानत मञ्जुरी दिए । त्यसपछि उनी मुम्बई गइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण