मुलुक विकासका लागि प्रजातन्त्र आवश्यक : मुख्यमन्त्री कार्की
धरान । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मुलुकको विकासका लागि प्रजातन्त्र आवश्यक रहेको बताएका छन् । आज प्रजातान्त्रिक विचार समाज कोशी प्रदेश समितिको दोस्रो अधिवेशनका अवसरमा धरानमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका चुनौती : नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा मुख्यमन्त्री कार्कीले भने, “प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रमा विचारको मन्थन हुन्छ । प्रजातन्त्र नहुँदा विचार होइन आदेशको मात्रै पालना मात्र हुन्छ ।”
मुख्यमन्त्री कार्कीले विचार मन्थनविना विकासका काम पनि अधुरा हुने भएकाले कोशी प्रदेश सरकारले ‘थिङ्क ट्याङ्क’ को कार्यालय नै स्थापना गर्ने तयारी गरेको बताए । उनले भने, “स्वास्थ्य, शिक्षा, कृषि, प्रविधि जस्ता क्षेत्रमा कसरी काम गर्ने भनेर हामी ‘थिङ्क ट्याङ्क’ बनाउँदै छौँ । यसले प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्नेमा विश्वास छ ।” उनले आफूलाई लोकतान्त्रिक पार्टी मान्ने नेपाली कांग्रेसले विचार मन्थनमा जोड दिनुपर्ने बताए ।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विभिन्न चुनौती देखिएकाले यस्तो अवस्थामा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले भने, “गणतान्त्रिक व्यवस्थामा देखिएको कमजोरी सुधार गर्न कांग्रेस अघि सर्नु आवश्यक छ ।”
समाजका प्रदेश अध्यक्ष जीवनकुमार राईको सभापतित्वमा सम्पन्न विचार गोष्ठीमा समाजका पूर्वअध्यक्ष केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापालगायतले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण