कस्तो छ ‘हात्तीछाप’ र ‘दयारानी’को सुरुवाती व्यवसाय ?

काठमाडौँ । करिब एक महिनापछि गत शुक्रवार हलमा दुई नयाँ फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’ रिलिज भए । स्टार कलाकारले भरिएको यी दुवै फिल्मले सेलाएको नेपाली बक्स अफिस चलायमान गराउने अपेक्षा सबैको थियो ।
फिल्महरूले अपेक्षा गरेरअनुसार व्यवसाय गर्न नसकेपछि सुरुवाती व्यवसायमा आशा जगाउने काम भने ‘दयारानी’ र ‘हात्तीछाप’ ले गरेको छ । ‘दयारानी’ का निर्देशक माओत्से गुरुङ हुन् । गुरुङका अनुसार ‘दयारानी’ ले शुक्रवार देशभर ५० प्रतिशत आसपास अकुपेन्सी कायम गरेको छ । शनिवार पनि त्यो भन्दा माथि व्यवसाय रहेको उनी बताउँछन् ।
फिल्मको विशेषगरी दुई दिन पोखरामा कमाई राम्रो रह्यो । फिल्म निर्देशक गुरुङ पोखराको रहेको र फिल्मले गुरुङ समुदायको कथा उठाएकोले पनि व्यवसाय राम्रो भएको अनुमान गरिएको छ । त्यस्तै पूर्वका दमक, विर्तामोड, इटहरीका हलमा पनि दुई दिन व्यापार राम्रो भएको निर्देशक गुरुङ बताउँछन् ।
फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय छ ।
त्यस्तै ‘हात्तीछाप’ को शुक्रवारभन्दा शनिवार व्यवसाय राम्रो देखिएको छ । सार्वजनिक बिदा र सोनाम ल्होसार परेकाले हलमा दर्शकको चाप सुखद थियो । शनिवार अभिनेत्री उपासनासिंह ठकुरी र अभिनेता बुद्धि तामाङ दर्शकको प्रतिक्रिया बुझ्न चाबहिलस्थित एफक्यूब हल पुगेका थिए । त्यहाँ अधिकांशले फिल्मको प्रशंसा गर्दै सिक्वेल चाँडै ल्याउन आग्रह गरेका थिए ।
‘हात्तीछाप’ ले शुक्रवार र शनिवार राम्रो दर्शक पाएको वितरक रोहित कट्टेलले बताए । फिल्मले देशभर राम्रो प्रतिक्रिया पाएको दाबी गर्दै आगामी उनले दिनमा व्यापार अझै बढ्ने अनुमान लगाए ।
किरण नेपालीको प्रस्तुति रहेको फिल्मले गाउँको एउटा सुन्दर प्रेमकथा र बोतल राजाको कथालाई प्रस्तुत गरेको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, विल्सनविक्रम राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमतिअनुसारको समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेस गर्न समस्या : एमाले सांसद राई
-
महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण
-
नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
-
थरुनी बुहारी
-
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान
-
अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गर्ने एक हजार बढी व्यवसायीलाई कारबाही