आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमानले बाटो भुल्दा..

आइतबार, २८ माघ २०८०, १४ : २०
आइतबार, २८ माघ २०८०

नयाँ दिल्ली । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा अचम्मको घटना भएको छ । ल्यान्डिङपछि एउटा विमानले बाटो बिराउन पुगेको हो । अमृतसरबाट दिल्ली आएको सो विमानले बाटो बिर्सिएपछि धावनमार्ग १५ मिनेटसम्म बन्द भयो । ल्यान्ड गरेपछि विमान ट्याक्सी वेमा जानुको सट्टा धावनमार्गको पुछारतिर गयो ।

सरकारी समाचार संस्था पीटीआईका अनुसार यो घटनाका कारण धावनमार्ग १५ मिनेटसम्म अवरुद्ध भयो । केही उडान पनि प्रभावित रहे । पछि इन्डिगोको टोइङ भ्यानले विमानलाई तानेर पार्किङ वेसम्म ल्यायो । यस घटनामा इन्डिगोले अहिलेसम्म केही पनि टिप्पणी गरेको छैन । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय  विमानस्थल भारतको सकैभन्दा ठुलो विमानस्थल हो । यहाँबाट दिनभरमा करिब १ हजार ४०० उडान हुन्छ ।

ट्याक्सी वेले धावनमार्गलाई एप्रन, ह्याङ्गर र टर्मिनसँग जोड्छ । यस अघि शुक्रवार पनि इन्डिगोको एउटा उडानमा समस्या आएको थियो । दिल्ली विानस्थलबाट मुम्बई गइरहेको विमानबाट अचानक दुर्गन्ध आउन थालेपछि विमानलाई फर्काएर विमानस्थलमै फिर्ता ल्याइएको थियो । यस घटनाबारे कम्पनीले विज्ञप्ति जारी गरेको भए पनि विमानबाट दुर्गन्ध किन आयो भन्ने जानकारी आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप