इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमानले बाटो भुल्दा..
नयाँ दिल्ली । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा अचम्मको घटना भएको छ । ल्यान्डिङपछि एउटा विमानले बाटो बिराउन पुगेको हो । अमृतसरबाट दिल्ली आएको सो विमानले बाटो बिर्सिएपछि धावनमार्ग १५ मिनेटसम्म बन्द भयो । ल्यान्ड गरेपछि विमान ट्याक्सी वेमा जानुको सट्टा धावनमार्गको पुछारतिर गयो ।
सरकारी समाचार संस्था पीटीआईका अनुसार यो घटनाका कारण धावनमार्ग १५ मिनेटसम्म अवरुद्ध भयो । केही उडान पनि प्रभावित रहे । पछि इन्डिगोको टोइङ भ्यानले विमानलाई तानेर पार्किङ वेसम्म ल्यायो । यस घटनामा इन्डिगोले अहिलेसम्म केही पनि टिप्पणी गरेको छैन । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल भारतको सकैभन्दा ठुलो विमानस्थल हो । यहाँबाट दिनभरमा करिब १ हजार ४०० उडान हुन्छ ।
ट्याक्सी वेले धावनमार्गलाई एप्रन, ह्याङ्गर र टर्मिनसँग जोड्छ । यस अघि शुक्रवार पनि इन्डिगोको एउटा उडानमा समस्या आएको थियो । दिल्ली विानस्थलबाट मुम्बई गइरहेको विमानबाट अचानक दुर्गन्ध आउन थालेपछि विमानलाई फर्काएर विमानस्थलमै फिर्ता ल्याइएको थियो । यस घटनाबारे कम्पनीले विज्ञप्ति जारी गरेको भए पनि विमानबाट दुर्गन्ध किन आयो भन्ने जानकारी आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण