महासमिति बैठकबाट धार्मिक स्वतन्त्रतामा जाऔँ : सभापति बानियाँ
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आसन्न महासमिति बैठकबाट नेपाललाई धार्मिक स्वतन्त्र बनाउनुपर्ने बताएका छन् । काठमाडौँमा भएको एक कार्यक्रममा उनले भने आगामी फागुन ७—१० को महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने बताए ।
‘अहिले धर्मको कुरा उठ्न थालेको छ । धर्म निरपेक्ष मुलुक भएपछि धर्म मासियो भन्ने अफवाह फैलाइएको छ । कि हामीले राज्यको धर्म हुँदैन । धर्म व्यक्तिले धारण गर्ने हो,’ उनी भन्छन्, ‘ जनताको पक्षमा ठिक र सत्य काम गर्नु नै धर्म हो भनेर भन्न सक्नुपर्यो । यो कुरा जनतालाई बुझाउन सकिँदैन भने महासमिति बैठकबाट धर्म निरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रता भनौँ ।’
संघीय लोकतान्त्रिक गणतन्त्र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र बनाउन कांग्रेसले पुनर्विचार गर्नुपर्ने सभापति बानियाँको तर्क छ । ‘यो अहिले कांग्रेसले नगरे अर्कोले अहिलेको अवस्थालाई खलबल्याउन खोजेको छ । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्यबारे पुनर्विचार गर्ने होकि ? कांग्रेसले समयसापेक्ष निर्णय गर्नुपर्छ । अहिलेको समय बुझ्नुपर्छ,’ उनी भन्छन् ।
कांग्रेसको नीति अधिवेशनले मुलुकको संविधान र कांग्रेसको विधानमा प्रभाव पार्नुपर्ने उनको भनाइ छ ।
यस्तै उनले मिसन ८४ को नारासँग चर्चा कांग्रेस डराउन नहुने बताए । ‘कांग्रेसले चौरासी गर्दै आएको हो । हिजो राणाको चौरासी गरेको थियो । राजाको चौरासी गरेको थियो,’ उनी भन्छन्, ‘बन्दुकबाट सत्ता कब्जा गर्छु भन्ने माओवादीको पनि चौरासी गरेर शान्तिपूर्ण राजीनामा ल्याएको हो कांग्रेसले । नेपाली कांग्रेस सबैको चौरासी गर्दै जनताप्रति केन्द्रित भएर आएको पार्टी हो ।’
प्रदेश सभापति बानियाँले कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुखहरुलाई पदलाई प्रतिष्ठामा बदल्न आग्रह गरे । ‘पदले प्रतिष्ठा पनि दिन्छ पतन पनि गराउँछ । तपाईहरुले पतनको बाटो रोज्नु भयो भने कांग्रेस पनि पतन हुन्छ । हामीले काम र विज्ञापन पनि सँगसँगै गरेर जानुपर्छ । हामीले बोली र व्यवहार एउटै गर्नुपर्यो । भाषण मात्र होइन जनताको काम पनि गर्नुपर्यो,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण