बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

व्यापारीको सामान चोरेको घटनामा महानगरपालिकाले सोध्यो कमाण्डरलाई स्पष्टीकरण

सोमबार, २९ माघ २०८०, २० : ४०
सोमबार, २९ माघ २०८०

काठमाडौँ । व्यापारीको सामान चोरेको घटनामा काठमाडौँ महानगरपालिकाले कमाण्डरलाई स्पष्टीकरण सोधेको छ । सोमबार काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राधाकृष्ण थापालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । 

स्पष्टीकरण सोधिएको पत्रमा भनिएको छ,‘काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलले सम्पादन गर्ने कार्यमा खटिएको तपाई कमाण्डर भएको टोलीबाट मिति २०८०/१०/२७ गते शनिबारका दिन सटरभित्र रहेका सामानहरु समातेर नियन्त्रणमा लिएको दृश्यहरु सामाजिक सञ्जालमा प्रसारण भइरहेको सम्बन्धमा तपाईँको जिम्मेवारीको लापरबाही भएको प्रष्ट देखिन्छ यस सम्बन्धमा पछिसम्म फरक नपर्ने गरी २४ घण्टाभित्र लिखित रुपमा स्पष्टीकरण महानगर प्रहरी बलको कार्यालयमा पेस गर्नु होला अन्यथा नगर प्रहरी ऐन २०८० अनुसार कारबाही हुने ब्यहोरा जानकारी गराइन्छ ।’

व्यापारीको सामान महानगर प्रहरीले चोरेको सीसीटीभी फुटेज भाइरल भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप