४ जना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुलीको तिनपाटन गाउँपालिका-९ बर्मेली खोलामा सोही गाउँपालिका-९ बतासेडाँडा बस्ने ७९ वर्षीय टंकमान कामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र बजारस्थित टंक मगरको घरमा हाल वतन नखुलेका अन्दाजी ५० वर्षीय राजु माझी नाम गरेका व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
पर्साको वीरगंज महानगरपालिका-१७ अलौस्थित पोखरीमा पनि हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-७ शिबनगरस्थित सामुदायिक वनको खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने (आचारसंहिताको पूर्णपाठ)
-
फ्रान्ससँग भिडन्त अगाडि मोरक्कोलाई ठुलो धक्का
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण