शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

४ जना मृतावस्थामा फेला

मङ्गलबार, ०१ फागुन २०८०, १२ : ५३
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार      सिन्धुलीको तिनपाटन गाउँपालिका-९ बर्मेली खोलामा सोही गाउँपालिका-९ बतासेडाँडा बस्ने ७९ वर्षीय टंकमान कामी सोमबार मृत अवस्थामा फेला परेका छन् । 
  यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र बजारस्थित टंक मगरको घरमा हाल वतन नखुलेका अन्दाजी ५० वर्षीय राजु माझी नाम गरेका व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

पर्साको वीरगंज महानगरपालिका-१७ अलौस्थित पोखरीमा पनि हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । 
यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-७ शिबनगरस्थित सामुदायिक वनको खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप