फोटोफिचर
तस्बिरमा हेर्नुहोस् माओवादी केन्द्रको विधान अधिवेशन
मङ्गलबार, ०१ फागुन २०८०, १४ : २१
काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन राजधानीमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विधान अधिवेशन सुरु भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने अधिवेशनमा एक हजार तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहेको सो पार्टीको भनाइ छ ।
पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन अधिवेशनआयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । विधान सम्मेलनकै क्रममा माओवादीले २९ औँ जनयुद्ध दिवस पनि मनाएको थियो ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण