सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् माओवादी केन्द्रको विधान अधिवेशन

मङ्गलबार, ०१ फागुन २०८०, १४ : २१
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन राजधानीमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विधान अधिवेशन सुरु भएको हो । 

तीन दिनसम्म सञ्चालन हुने अधिवेशनमा एक हजार तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहेको सो पार्टीको भनाइ छ । 

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन अधिवेशनआयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । विधान सम्मेलनकै क्रममा माओवादीले २९ ‍औँ जनयुद्ध दिवस पनि मनाएको थियो ।

6

12457810111213141617maoist bidhan sammelan

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप