पाल्पा दुर्घटनामा अपडेट : चार जना मृतकको पहिचान खुल्यो, यी हुन् १९ जना घाइते (नामसहित)
बुटवल । पाल्पामा जिप दुर्घटनामा परी मृत्यु हुने चार जनाको पहिचान खुलेको छ । मंगलबार जिल्लाको
डुम्रेबाट तिनाउँ गाउँपालिका–६ चिदिस शिखरडाँडा जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बेलुका करिब ५ बजे लु१ज २३७१ नम्बरको जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोबाट व्याक भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
स्थानीयका अनुसार मृत्यु हुनेमा तिनाउ ६ चिदिसका रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी, उर्मिला अस्लामी, दिल कुमारी अस्लामी रहेका छन् भने अन्य चार जनाको पहिचान खुलेको छैन ।
यस्तै अस्पतालले घाइतेको नाम सार्वजनिक गरेको छ । तर जिल्ला प्रहरी कार्यालयबाट भने हालसम्म पुष्टि हुन सकेको छैन । लुम्बिनी मेडिकल कलेज १९ नाम घाइतेको नाम सार्वजनिक गरेको हो ।
लुम्बिनी मेडिकल कलेज पाल्पाले दिएको जानकारीअनुसार घाइते हुनेहरूमा पाल्पा तिनाउ ६ कि २० वर्षीया कृष्णा पन्त, सोही ठाउँकै १९ वर्षीया उमा रास्कोटी, २१ वर्षीया अमृता गहतराज, १९ वर्षीया शान्ती राना, ९ वर्षीय सौरभ पुन, ४५ वर्षीय कूलबहादुर नेपाली, रुपन्देही खैरेनीका ९ वर्षीय विवेक जिसी, सोही ठाउँकै ७ वर्षीय अस्मित जिसी, तानसेन ७ कि ४२ वर्षीया सविता परियार, रिव्दिकोट १ की ३० वर्षीया रमा सुनार, सोही ठाउँकै ६ वर्षीया विधा सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आरभ सुनार, ६६ वर्षीया विष्णुकला कामी, तानसेन १० का ४५ वर्षीय दानबहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीया भूमि पुन, १९ वर्षको उमा रास्कोटी र अन्य १ जना पुरुष, १ जना महिला र १ जना बालिका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणीमा हाम फालेको व्यक्तिको सकुशल उद्धार
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
-
'बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन'
-
ई–पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मनी कम्पनीका प्रतिनिधि
-
केप भर्डेका गोलकिपर वोझिन्हाकी आमालाई दिइयो विश्वकपका लागि भिसा
-
ईभी काण्डमा संसदीय छानबिन समिति गठन गर्न एमालेको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण