शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंक सुपरिवेक्षण विभागले गर्‍यो ७ वित्त कम्पनीका सञ्चालक र सीईओलाई कारबाही

बुधबार, ०२ फागुन २०८०, २१ : ००
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले ७ वटा वित्त कम्पनीका सञ्चालक, अध्यक्ष र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रयमास अवधिमा तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्ने, अनिवार्य नगद मौज्दात (सीआरआर) नराख्ने, कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने लगायत बैंक ऐन, २०५८ अनुसार नचल्ने कम्पनीहरूलाई केन्द्रीय बैंकले कारबाही गरेको हो । 

राष्ट्र बैँकको कारबाहीमा मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. परेको छ । यी वित्त कम्पनीहरूले राष्ट्र बैंकबाट जारी भएको वा तोकिएको मापदण्ड निर्देशन बमोजिम वित्तीय कारोबार नगरेकोमा बैंकले सञ्चालक समिति, अध्यक्ष र सीईओलाई पहिलोपटक सचेत गराएको छ । 

फेरि, यस्तो गल्ती भेटिए नगदसहित ऐन बमोजिम कारबाही हुने समेत राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप