मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आलुबालीको रोग पत्ता लगाउन सक्ने क्षमता अभिवृद्धि

बुधबार, ०२ फागुन २०८०, १५ : ३६
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । आलुबालीको रोग पत्ता लगाउन सक्ने क्षमता अभिवृद्धिका लागि नेपाल कृषि अनुसन्धान परिषद्  (नार्क)  एक दिने तालिम आयोजना गरेको छ । नार्कअन्तर्गत पर्ने राष्ट्रिय बाली अनुसन्धान केन्द्रले सो तालिम आयोजना गरेको हो । तालिममा ३५ जना आलुबालीको अनुसन्धानमा काम गर्ने प्राविधिक र विद्यार्थी सहभागी थिए । 

आलुबालीका रोग निदान र मूल्याङ्कन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो तालीम आयोजना गरिएको हो । 

बालीनालीको जातीय विकासको बाधक रोग र कीरा भएकोले सोको निदान र व्यवस्थापनमा सो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने केन्द्रका वैज्ञानिक वशिष्ठ आचार्यले बताए । 

नेपालमा करिब १ लाख ९८ लाख हेक्टर क्षेत्रफलमा ३४ लाख मेट्रिक टन आलु उत्पादन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप