विशेष क्षमताका विद्यार्थीहरूका लागि निर्मित विद्यालयको उद्घाटन
काठमाडौँ । नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततिहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले निर्माण गरिएको वरदान सैनिक विशेष दिवा विद्यालयको प्रधान सेनापति महारथी प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले उद्घाटन गरेका छन् ।
सैनिक श्रीमती संघको पहलमा सैनिक कल्याणकारी कोषको लगानीमा छाउनीमा निर्मित उक्त विद्यालयको २०७९ मङ्सिर १४ गते प्रधान सेनापति तथा सैनिक संघकी अध्यक्षले शिलान्यास गरेका थिए । सैनिक श्रीमती संघको संरक्षकत्वमा सञ्चालन हुने उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ बाट ३० जना विशेष क्षमता भएका बालबालिकाहरू भर्ना गरी पठनपाठन आरम्भ गरिनेछ ।
समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापतिले परोपकारका क्षेत्रमा क्रियाशील सैनिक श्रीमती संघको पहलमा निर्मित यस विद्यालय बहालवाला र अवकाश प्राप्त सैनिक व्यक्तिहरूका विशेष क्षमता भएका सन्ततिहरूको शिक्षा र जीवनोपयोगी क्षमता विकाशमा महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे । उनले श्रीमती संघका सेवामूलक गतिविधिहरूको सराहना गर्दै यस विद्यालय सञ्चालनका लागि सहायता जुटाउन आयोजित वरदान सुर सन्ध्यामा सहयोग पुर्याउने कलाकारहरू लगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरे । संघका अध्यक्ष सुनिता शर्माले वि.सं. २०४० कार्तिक २२ गते स्थापित सैनिक श्रीमती संघ सैनिक व्यक्तिहरूका परिवारको कल्याण सँगसँगै विपद् प्रभावित र अभावमा रहेका सर्वसाधारणको हितका क्षेत्रमा समेत क्रियाशील रहँदै आएको कुरा बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका चार जना डीआईजीको सरुवा
-
प्रलोपाद्वारा काभ्रे बस दुर्घटनाप्रति दुःख व्यक्त
-
१० बजे १० समाचार : रास्वपाभित्र स्वार्थ समूहको लडाइँ, सरकारले बनाएका प्रयोगशाला सञ्चालनमै आएनन्
-
बाजुरा र हुम्लाको सिमानामा प्रहरी र सशस्त्रको अस्थायी बेस राख्ने निर्णय
-
मन्त्री समक्ष जेनेभामा रहेका नेपाली कुटनीतिज्ञहरुको आग्रह : सरकार दूतावास बन्द गर्नेतर्फ नलागोस्
-
हर्क साम्पाङले रवि लामिछानेलाई लेखे खुला पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण