कृषिसँग सम्बन्धित ‘विश्व सामाजिक मञ्च २०२४’ अभियान सञ्चालन हुँदै
बुधबार, ०२ फागुन २०८०, १७ : १९
काठमाडौँ । खाद्यका लागि कृषि अभियान र आबद्ध संस्थाहरूले कृषिसँग सम्बन्धित ‘विश्व सामाजिक मञ्च २०२४’ अभियान सञ्चालन गर्ने भएको छन् । आगामी शुक्रवारदेखि आइतबारसम्म तीन दिने सो अभियान सञ्चालन गर्ने भएका हुन् । पहिलो दिन अर्थात् शुक्रवार खानाका लागि खेतीपातीको नेपालमा किन महत्त्व छ ?, दोस्रो दिन खाद्यको न्याय, हिउँको पृथ्वी यात्रा नाटक मञ्चन र तेस्रो दिन भक्तपुर क्षेत्र भ्रमण लगायत कार्यक्रम छ ।
सो कार्यक्रममा खाद्य सुरक्षा, वातावरणीय संरक्षण, जलवायु संकटलाई न्यूनीकरण, रैथाने बाली संरक्षण लगायत विषयलाई समेटेर तीन दिने अभियान सञ्चालन गरिने भएको अभियानले जनाएको छ ।
देशभित्र र बाहिरका नागरिक संघसंठनसहित सो अभियान सञ्चालन गरिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण